Comments Add Comment

मनमुटाव भुल्दै प्रियंकाले गरिन् सलमानको परिवारलाई चुल्है निम्तो

बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडाबीच केही समययता खटपट चलिरहेको छ । सलमानको फिल्म ‘भारत’ प्रियंकाले एकाएक छोडेपछि सम्वन्ध बिग्रिएको हो ।

प्रियंका चाँडै आफ्ना अमेरिकी प्रेमी निक जोनससँग बिहे गर्दैछिन् । उक्त विहेमा सलमानलाई उनले निम्ता नगर्न सक्ने अनुमान गरिएको थियो । तर, अनुमानलाई गलत सावित गर्दै उनले सलमानलाई चुल्है निम्तो पठाएकी छन् ।

बिहेमा सपरिवार निम्तो पठाएर प्रियंकाले सलमानलाई फकाउने प्रयास गरेको देखिन्छ । प्रियंकाकी बहिनी अर्पितालाई पनि उनले निम्ता गरेकी छन् । अर्पिता र प्रियंकाकी मिल्ने साथी हुन् । केहि दिन अगाडि अर्पिताका श्रीमान आयूष शर्माको जन्मदिनको पार्टीमा प्रियंका आमा मधु चोपडा सहभागी भएकी थिइन् ।

प्रियंकाले बिहेमा बोलाउने अन्य केही नामहरु पनि सार्वजनिक भएका छन् । जसमध्ये एक चर्चित जोडी हुन् रणवीर कपुर र आलिया भट्ट । उनीहरु केही समयदेखि प्रेममा छन् । प्रियंकाले आफ्नो आगामी फिल्म ‘द स्काई इज पिंक’ का कोस्टार फरहान ख्तर र प्रोड्यूसर सिद्धार्थ राय कपुर । यदि सिद्धार्थ यो विवाहमा सहभागी भने उनकी पत्नी विद्या बालन पनि आउन सक्छिन् । त्यसो भएको खण्डमा रोचक माहोल हुनेछ । किनकी प्रियंका र विद्या दुवै अभिनेता शाहिद कपुरका पूर्व प्रेमिका हुन् ।

त्यसो त प्रियंकाले स्वयम् शाहिद कपुरलाई पनि निम्तो गर्न सक्ने बताइएको छ । यसैगरी शाहरुख खानलाई पनि निम्तो पुग्न सक्छ । एक समय शाहरुख र प्रियंकामा प्रेममा रहेको चर्चा थियो ।

यसैबीच प्रियंकालाई निकको परिवारले न्यूयोर्कमा ब्राइडल शावर दिएका छन् जहाँ नीतु कपुर, सोनाली बेन्द्रे लगायत उपस्थित थिए ।
प्रियंका र निकको बिहेमा १५ सय देखि २ हजार पाहुनाहरु आउन सक्ने अनुमान गरिएको छ । बलिउडमा यसलाई यो वर्षकै सर्वाधिक ठूलो वैवाहिक समारोहका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment