Comments Add Comment

दिपेन्द्रको गुनासो-‘कलाकारमा को भन्दा को कमको भावना बढ्यो’

मंगलबार काठमाण्डौमा चलचित्र ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ बोलको गीतले युटुबमा डेढ करोड भ्यूज पाएको अवसरमा केक काट्ने कार्यक्रम थियो । तर, निर्धारित समय भन्दा ४५ मिनेट ढिलो भैसक्दा पनि कार्यक्रम सुरु हुन सकेन । यसको मुख्यकारण थियो, चलचित्रका कलाकार ।

निर्देशक दिपेन्द्र के खनाल कलाकारको यो बानीले दिकदार थिए । नायिका परमिता आर एल राणा, सुरक्षा पन्त लगायतले बाटोमा छौ भनेर जानकारी दिएपनि उनीहरु कार्यक्रम हलमा आइपुगेका थिएनन् ।

दिपेन्द्र कलाकारलाई म्यानेज गर्न नै गाह्रो भएको गुनासो सुनाउँदै थिए । चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका दिपेन्द्रको यो सुस्केरा यसअगाडि देखिएको थिएन । तर, यसपटक उनी केही गलेको महशुश गर्दै थिए । दिपेन्द्रले चलचित्रको छायांकनदेखि नै कलाकारले समय नदिएको भन्दै गुनासो गरेका थिए ।

चलचित्रमा ६ जना कलाकार छन् । ६ जना कलाकारले नै समयको महत्व नवुझेको उनको गुनासो थियो । खनालले भने-‘यहाँ त त्यो भन्दा म अगाडि किन जानु भन्ने भावना सुरु भएछ । यसैले कलाकारलाई सुटिङ सेटसम्म ल्याउन नै मुश्किल भयो ।’

यो नियती उनले प्रचारको क्रममा पनि भोगिरहेका छन् । प्रचारमा कलाकारको साथ उनलाई खासै मिलेको छैन । आफ्नो चलचित्र रिलिजको समयमा अर्को चलचित्रको सेड्यूल बनाएर छायांकनमा व्यस्त हुने कलाकारले गर्दा नेपाली चलचित्रमा व्यवसायिकता हराउँदै गएको छ ।
कात्तिक १६ गतेबाट रिलिज हुने चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी छ । चलचित्रमा प्रियंका कार्की, आशिरमान देशराज जोशी, रविन्द्र झा, परमिता आर एल राणा, सुरक्षा पन्त, सन्दिप क्षेत्रीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment