+
+
Shares

गोर्खा ब्वाइज माउण्ट स्टार प्रतियोगिताको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १९:०७

१४ कात्तिक, बुटवल । बुटवलको नहरपुरमा जारी पाचौं माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लब बुटवल सेमिफाइनलमा प्रवेश गरेको छ ।

नहरपुर मावि खेल मैदानमा बुधबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १-० ले पराजित गर्दै गोर्खा ब्वाइज अन्तिम चारमा पुगेको हो ।

गोर्खाको जितमा एकमात्र गोल नानाले गरेका थिए । खेलको ७३ औ मिनेटमा दिपेशजंग थापाको क्रसमा नानाले उत्कृष्ट गोल गरेका थिए । खेलमा गोर्खाका निशान्त न्यौपाने म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा बिहीबार सेभेन स्टार बेलभरिया र आयोजक माउण्ट स्टार क्लबका बीच हुने संयोजक विनोद गौतम क्षेत्रीले बताए ।

प्रतियोगितामा काठमाडौं, नवलपरासी, मकवानपुर, चितवन, कपिलवस्तु र रुपन्देहीका गरी १६ वटा टिमले भाग लिएका थिए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?