Comments Add Comment

माथिल्लो तामाकोसीको सेयर बाँडफाँट, कसले कति पाए ?

१३ कात्तिक, काठमाडौं । माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले दोलखाबासीका लागि छुट्याएको सेयर बाँडफाँट गरेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बाँडफाँड गरिएको हो । आयोजना प्रभावित ‘क’ वर्गका ५ हजार ५० जना आवेदकलाई उनीहरुले मागे बमोजिम ३० देखि १ सय कित्ता सेयर वितरण गरिएको कम्पनीले जनाएको छ ।

११० देखि ३ सय कित्ता सेयर माग गर्ने स्थानीयलाई १ सय २ कित्ताका दरले जम्मा ५ लाख १० हजार ९ सय ५० कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । यसैगरी आयोजना प्रभावित ‘ख’ वर्गमा कुल ८१ हजार २ सय ३७ आवेदकलाई उनीहरुले मागे बमोजिम ३० देखि ४० कित्ता बाँडफाँड गरिएको छ ।

यो वर्गका ५० देखि ३ सय कित्ता सेयर माग गर्नेलाई आवेदकलाई ४८ कित्ताका दरले कुल ३७ लाख ७७ अजार ५ सय ८६ कित्ता सेयर बाँडिएको छ । ‘ग’ वर्गका ३० कित्ता सेयरका लागि आवेदन दिनेलाई माग बमोजिम र ४० कित्ता माग गर्ने आवेदकलाई ३२ कित्ता तथा सो भन्दा माथि ५० देखि ३ सय कित्ता माग गर्नेलाई ३४ कित्ताका दरले जम्मा ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । अति प्रभावित वर्गका ३ सय कित्ता माग गर्दै आवेदन दिने ४ हजार १ सय ८६ जनालाई गोला प्रथाबाट थप १ कित्ताका दरले सेयर बाँडफाँट गरि कुल १ करोड ५ लाख ९० हजार कित्ता सेयर बाँडिएको छ ।

९५ प्रतिशत जिल्लाबासीले सेयर खरिद गर्न आवेदन दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसार श्रेष्ठले बताए । उनका अनुसार आवेदन दिने सबै जिल्लाबासीलाई सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत साउन १४ देखि भदौ २१ गतेसम्म बिक्री खुल्ला गरेको सेयर खरिद गर्न अति प्रभावित वर्गमा पर्ने ५ हजार ५० जना आवेदकले १३ लाख ८८ हजार ३ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

यस्तै, आयोजना प्रभावित ‘ख’ वर्गमा पर्ने ८१ हजार २ सय ४२ जना स्थानीयले १ करोड २७ लाख ८१ हजार २ सय ९० कित्ता सेयर खरिद गर्न आवेदन दिएका थिए । ग वर्गमा पर्ने जिल्लाबासीबाट सबैभन्दा बढी कुल १ लाख ८९ हजार ९ सय २३ जना आवेदकको २ करोड ३५ लाख ४२ हजार ३ सय ७० कित्ता सेयरका लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

३ वटै वर्गमा गरी २ लाख ६७ हजार २ सय १५ आवेदकबाट ३ करोड ७७ लाख ११ हजार ९ सय ६० कित्ता सेयरका लागि आवेदक परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment