Comments Add Comment

राइनो गोल्डकपको उदघाटन खेलमा नवलपरासी र रुपन्देही भिड्ने

१५ कात्तिक, नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा आजदेखि राइनो गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन आयोजक नवलपरासी ११ र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए । खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

खेलमामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनका ६ टिमसहित १२ को सहभागिता रहेको छ ।

प्रतियोगिताअन्तर्गत १६ गते एनआरटी र सरस्वती क्लब, १७ गते वीरगञ्ज युथ क्लब र कास्की ११, १८ गते च्यासल युथ क्लब र व्वाइज युनियन क्लबको खेल हुनेछ । १९ गते नेपाल पुलिस क्लव र सी. एम. जी. संकटा र २६ गते एपीएफ क्लब र मनाङ–मस्र्याङदी क्लबबीच खेल हुने प्रचार–प्रसार सयोजक विष्णु अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment