+
+
Shares

एग मसाला रेसिपीः कति सजिलो, कति स्वादिलो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते १०:५६

कुखुरा तथा हाँस अण्डा स्वास्थ्यका लागि फाइदाजनक छ । अण्डामा पर्याप्त मात्रामा प्रोटिन हुन्छ । त्यसैले, अण्डालाई प्रोटिनको राम्रो स्रोत पनि भनिन्छ । अण्डामा प्रोटिनका साथमा भिटामिन बी ६, बी १२, सेलेनियम, जिंक, कपर, आइरन लगायतका खनिज तत्व पाइन्छ, जुन शरीरलाई स्वस्थ राख्न निकै आवश्यक मानिन्छ ।

एउटा स्वस्थ मानिसले दिनमा तीन वटा सम्म अण्डा खान सक्छन् । अझ कडा शारीरिक श्रम गर्ने वा व्यायाम गर्नेले त अन्डा खानैपर्छ । किनभने यसले मांसपेशीलाई बलियो बनाउँछ । अण्डालाई फ्राई गरेर, उसिनेर तथा अम्लेटको रुपमा पनि खान सकिन्छ ।

यसबाहेक, एग करी वा एग मसलाको रुपमा पनि सेवन गर्न सकिन्छ ।

विशेषगरी, होटल तथा रेष्टुरेन्टहरुमा रोटी तथा परौठाको साथमा रुचाइने एग मसाला सितनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई टमाटर तथा प्याजको ग्रेभीमा विभिन्न किसिमका मसलाहरु मिसाएर तयार पारिने हुदाँ यो निकै स्वादिलो हुनुका साथै मिठो हुन्छ ।

आवश्यक सामाग्री

अण्डा ३ वटा

प्याज १ वटा

टमाटर २ (मध्यम आकारको )

हरियो खुर्सानी १

नुन एक चियाचम्चा

हरियो धनिया आधा कम (सजावटको लागि )

पुदिनाको पत्ता आधा कप

तेल ६ चिया चम्चा

अदुवा तथा लसुनको पेस्ट आधा चिया चम्चा

बेसारको धुलो आधा चियाचम्चा

जीरा पाउडर एक चियाचम्चा

नुन दुई चियाचम्चा

रातो खुर्सानीको धुलो एक चियाचम्चा

चिकन मसाला पाउडर दुई चियाचम्चा

पानी आधा कप

बनाउने तरीका

-एउटा सफा भाँडामा पानी राख्ने । त्यसमा अण्डा र नुन राखेर राम्ररी पाक्न दिने ।

-अब एउटा भाडामा प्याज र टमाटरलाई लिने र दुवैलाई मध्यम आकारमा छुट्टाछ्ट्टै काटेर दुई अलग भाडामा राख्ने ।

-त्यसपछि हरियो खुर्सानी, हरियो धाँनिया तथा पुदिनाको पत्तालाई समेत मसिनो गरी काटेर अलग्गै भाडामा राख्ने

-अब एउटा भाडोमा तेल राखेर त्यसलाई मध्य आँचमा तताउने । जब तेल तात्छ, तब उक्त तेलमा  काटेको प्याजलाई राखेर केही बेर चलाउने । प्याज रातो हुदै गएपछि त्यसमा अघि काटेको हरियो खुर्सानी हालेर त्यसमा अदुवा तथा लसुनको पेस्ट हालेर राम्ररी चलाउनु पर्छ ।

त्यसपछि उक्त पेस्टमा काटेको पुदिनालाई हालेर केहीबेर चलाउनु पर्छ । ताकी पुदिराको गन्ध हराओस् । अब उक्त पेस्टमा बेसार, जिरा पाउडर, नुन तथा रातो खुर्सानी हालेर राम्ररी चलाउनु पर्छ र मसलालाई राम्ररी फ्राई हुन दिनु पर्छ ।

मसला फ्राई भइसकेपछि त्यसमा काटेको टमाटर हालेर केही समय पकाउनुपर्छ । जब मसलाबाट तेल छुट्टनि थाल्छ, तब उक्त मसलामा आधा कप पानी राखेर त्यसमा स्वाद अनुसार चिकन मसला पाउडर हाल्नुपर्छ । र, मसालालाई ग्रेभी हुञ्जेल पकाउनु पर्छ ।

अब सुरुमा उमालेको अण्डालाई निकालेर त्यसको ब्रोका झिक्नुपर्छ । त्यसपछि अण्डालाई दुई भागमा काटेर ग्रेभीमा मिसाउनु पर्छ । जब ग्रेभी र अण्डा राम्ररी मिक्स हुन्छ, तब त्यसलाई केहीबेर पकाउन छोड्नु पर्छ ।  जब ग्रेभी तयार हुन्छ, यसलाई एउटा प्लेटमा राखेर त्यसमा धनियाको पत्ता राखेर तात्तातो सर्भ गर्नुपर्छ ।

निर्देशन

यसरी एम मसाला तयार पार्दा जथहिले पनि ताजा अण्डा प्रयोग गर्नु पर्छ । र, अण्डालाई राम्ररी उमाल्नुपर्छ । यसमा हरियो खुर्सानीको तथा रातो खुर्सानी तथा चिकन मसालाको साथमा अन्य मसालाको पनि प्रयोग गर्न सकिन्छ । र, एग मसालालाई राम्ररी ग्रेभी बनाउन चाहनुहुन्छ भने तराकारीलाई मसिनो गरी काट्न सक्नुहुन्छ ।

पोषण सम्बन्धि जानकारी

सर्विंग साइज : एक पटक

क्यालोरी : २१६ क्यालोरी

फ्याट : १५.२ ग्राम

प्रोटिन :१३.४ ग्राम

कार्बोहाइड्रेट : ६.५ ग्राम

चिनी : ०.१ ग्राम

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?