+
+
Shares

तालिबान लडाकुका ‘गडफादर’को हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १७ गते ७:३८

१७ कात्तिक, काठमाडौं । तालिबान लडाकुको ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ । जमियत उलेमा ए-इस्लामकाको शाखा प्रमुख समेत मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो ।

मौलाना समी उल हकलाई पाकिस्तानमा तालिबानको जनक मानिन्छन् । उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुहरुले तालिम लिएका थिए ।

उनी रावलपिन्डीको बहरिया टाउनमा सफारी वन भिलाज इलाकामा बस्दथे । उनी घरमा एक्लै भएको बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।

मौलाना समी उल हकको उमेर ८० वर्ष भन्दा बढी थियो । उनी सन् १९८८ मा दारुल उलुम हक्कानियाको अध्यक्ष बने । यही मदरसाबाट हजारौं तालिबान लडाकुहरुले इस्लामी शिक्षा हासिल गरेका थिए ।

निकै प्रभावशाली मानिने धर्मगुरु मौलाना समी उल हकको हत्या निकै संवेदनशील समयमा भएको बीबीसीले लेखेको छ । ईलाई युवती आसिया बीबीलाई रिहा गरिएपछि पाकिस्तानमा धार्मिक समूहरुहरुले प्रदर्शन गर्दै आएका छन् । मौलाना समी उल हक पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले बाटो बन्द गरिदिएपछि उनी आफ्नो घरमा फर्किएका थिए ।

मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकको एक धार्मिक परिवारमा भएको थियो । राजनीतिक विश्लेषकहरुले उनलाई तालिबानको रुहानी नेताको रुपमा लिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?