+

पीपीएल : पोखरा पल्टन फाइनलमा, चितवन र काठमाडौं इलिमिनेटरमा भिड्ने

२०७५ कात्तिक  १७ गते १७:५६ २०७५ कात्तिक १७ गते १७:५६
पीपीएल : पोखरा पल्टन फाइनलमा, चितवन र काठमाडौं इलिमिनेटरमा भिड्ने

१७ कात्तिक, पोखरा । पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ । शनिबार पहिलो चरणका खेल सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहँदै पोखरा सिधै फाइनल प्रवेश गरेको हो । शनिबार पोखराले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्‍यो ।

पहिलो चरणको खेल सकिँदा पोखराले ३ खेलमा जित हासिल गर्दै ६ अंक जोडेको छ । नेट रनरेटमा सबैभन्दा अगाडि भएको आधारमा ऊ सिधै फाइनल प्रवेश गरेको हो । त्यस्तै समान ३/३ खेल खेलेको चितवन राइनोज र काठमाडौं रोयल्सले भने फाइनल प्रवेशका लागि इलिमिनेटरमा भिड्नुपर्नेछ । नेट रनरेटमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा छ ।

हेर्नुहोस् अंकतालिका

कुल ६ वटा क्लब रहेको पीपीएलमा विराटनगर टाइटन्स भने १ खेलमा मात्र जित हासिल गर्दै २ अंकका साथ अंकतालिकाको पुछारमा रह्यो । त्यस्तै एक्सपर्ट धनगढीले ३ र बुटवल ब्लास्टर्सले २ खेलमा जित हासिल गरे ।

काठमाडौं रोयल्स 

शनिबार भएको खेलमा काठमाडौं रोयल्सलाई पोखरा पल्टनले ४ विकेटले पराजित गर्‍यो । १०४ रनको विजय लक्ष्य पोखराले १५.५ ओभरमा पूरा गर्‍यो । पोखराको सुरुआत निकै खराब थियो । कुशल भुर्तेलले १४, आरिफ शेख १६ र विनोद भण्डारीले शून्य रनमा आउट भएका थिए । बलिङतर्फ अमरसिंह रौटेलाले तीन विकेट लिए ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौले १९.१ ओभरमा १०३ रन बनाएको थियो । काठमाडौंको सुरुआत पनि खराब थियो । ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता नै खोल्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाए । अमित श्रेष्ठले २१ र पवन सर्राफ १२ रनमा आउट भए । नरेश बुढाऐर ६, आदिल खान ७ र अमरसिंह रौटेला एक रनमा आउट । बसन्त रेग्मीले नटआउट १९ रन जोडे ।

बलिङतर्फ ललित राजवंशीले ३ र मोहम्मद नाभिदले २ विकेट लिए ।

चितवनको पनि ४ विकेटको जित

शनिबार नै भएको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गर्‍यो । विराटनगरले दिएको १४६ रनको लक्ष्य चितवनले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

चितवनको जितमा सनी पटेल नायक बने । खेलमा १२ बल बाँकी हुँदा चितवनलाई २६ रन चाहिएको थियो । १९ औं ओभरमा चितवनका सनी पटेलले २ छक्का प्रहार गरे भने सोनु तामाङले चौका प्रहार गरेपछि चितवन जीततर्फ अघि बढेको थियो । यो ओभरमा चितवनले १८ रन जोडेको थियो ।

२० औं ओभरमा सनी पटेलले २ छक्का प्रहार गरेपछि चितवनको जित सुनिश्चित भएको हो । सनी पटेलले २४ बलको मद्दतमा ५१ रन जोडेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

चितवनका आरिफ सेखले ३५, समित पटेलले २१, अनिल साहले १३ रन जोडे । बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले ४, सुनील धमला र साहब आलमले १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले खेलको पुरै २० ओभरमा ५ विकेट गुमाएर १४५ रनमात्रै बनाउन सक्यो । विराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१ रन बनाए भने सुनिल धमालाले रन ४७ रन जोडे । प्रदीप ऐरि र पुष्प थापाले ११/११ रन बनाए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ चितवनका एसके पटेल र पारस खड्काले विराटनगरको २/२ विकेट लिए । करन केसीले एक विकेट लिए ।

क्रिकेट पीपीएल पोखरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय