Comments Add Comment

सिड्नीमा मनोरोग तथा स्तन क्यान्सर सम्बन्धी सचेतना

सिड्नी/ पश्चिम सिड्नीको एडमन्सन पार्क तथा बार्डिया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच मानसिक रोग तथा स्तन क्यान्सर सम्बन्धी एकदिने चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

एडमन्सन पार्क, बार्डिया नेपलिज कम्युनिटीले आयोजना गरेको उक्त कार्यक्रममा सिड्नीमा क्रियाशील नेपाली चिकित्सकहरुले चेनतामूलक मन्तव्यहरु राखेका थिए ।

संस्थाका अध्यक्ष विष्णु खत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार अस्टेलियामा नेपालीहरुको संख्या वृद्धिसँगै समुदायमा घातक बन्दै गइरहेको मानसिक रोग र स्तन क्यान्सर सम्बन्धी समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा मानसिक रोग विशेषज्ञ तथा अस्टेलियन नेपलिज डक्टर्स एसोशिएसन (आम्दा)का अध्यक्ष डा. घनश्याम चापागाईले मनोरोगका कारणहरु, लक्षणहरु, समस्याका चरणहरु यसका कारण हुने व्यक्तिगत, पारिवारिक र सामाजिक समस्याका बारेमा आफ्ना भनाइहरु राखेका थिए ।

कार्यक्रममा डा. चापागाइले गर्भवती र प्रसुती महिलाहरुमा हुनसक्ने मनोरोगका लक्षणहरुसहित यसबाट बच्ने उपायहरुबारे बताएका थिए । सोही कार्यक्रममा क्लिनिकल नर्स कन्सल्टेन्ट फर्मिला सापकोटाले स्तन क्यान्सरका लक्षणहरु, रोकथामका उपायहरुका बारेमा प्रकाश पारेकी थिइन ।

याे इलाकामा २५ सय भन्दा बढी नेपाली परिवारकाे बसाेबास रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment