शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘चङ्गा चेट’लाई शनिबार दर्शकको उत्साहजनक साथ मिलेको छ । शनिबार देशभरका अधिकांश हलमा दर्शकको भीड लागेको यसको निर्माणपक्षले बताएको छ । शनिबार दिनभर नै काठमाण्डौका विभिन्न हलमा पुगेका चलचित्रका निर्माता, निर्देेशक र कलाकार दर्शकको साथले उत्साहित देखिएका थिए ।
निर्देशक दिपेन्द्र के खनालले देशभर नै शनिबार चलचित्र हाउसफूलका साथ व्यापार गर्न सफल भएको बताए । चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले भनिन्-‘शनिबार त चलचित्रले देशभर नै राम्रो कमाई गरेको छ । आइतबार पनि हलमा दर्शकको चाप राम्रो छ ।’
माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएको यो चलचित्रले यूवाहरुको समस्यालाई कमेडीको माध्यमबाट उठान गरेको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4