Comments Add Comment

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, साउथहृयाम्पटन ६-१ ले पराजित

१९ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस पि्रमियर लिग फुटबलमा साउथहृयाम्पटनलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा सिटीले साउथहृयाम्पटनलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रहिम स्टर्लिङले दुई, सर्जियो अग्युरो, डेभिड सिल्भा र लोरी साने समान १-१ गोल गरे । सिटीले एक आत्मघाती गोलको उपहार पाएको थियो । त्यस्तै, साउथहृयाम्पटनका ड्यानी इंग्सले गोल गरेका थिए ।

सुरुवाती समयमै साउथहृयाम्पटनले आत्मघाती गोल गरेपछि सिटीले अग्रता बनाएको थियो । खेलको छैटौं मिनेटमा वेस्ली होएड्टले आत्मघाती गोल गर्न पुगेका थिए । त्यस्तै, अग्युरोले खेलको १२औं मिनेटमा नै गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए ।

खेलको १८औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले आफ्नो अग्रतालाई तेब्बर बनाएको थियो । तर खेलको ३० औं मिनेटमा साउथहृयाम्पटनका ड्यानीले गोल गर्दै खेल ३-१ को स्थितिमा पुर्‍याएका थिए । पहिलो हाफको अतिरिक्त समयमा स्टर्लिङले गोल गर्दै सिटीलाई ४-१ गोलको अग्रता दिलाए ।

पहिलो हाफसम्ममा ४-१ गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । सिटीका लागि खेलको ६७औं मिनेटमा स्टर्लिङले गोल गर्दै ५-१ को फराकिलो अग्रतामा पुर्‍याएका थिए । खेलको अतिरिक्त समयमा सानेले गोल गर्दा सिटीले ६-१ को जित दिलाएका हुन् ।

शीर्ष स्थानमा उक्लिएको सिटीको ११ खेलबाट २९ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment