Comments Add Comment

भारतमा अस्पतालमै चार वर्षे बालिकामाथि सामूहिक बलात्कार

१९ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा अस्पतालमै चार वर्षे बालिका सामूहिक बलात्कारको शिकार बनेकी छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट २५० किलोमिटर दक्षिण पश्चिममा रहेको अस्पतालमा यस्तो घटना भएको हो ।

सर्पले टोकेर अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत ती बालिकामाथि अस्पतालकै एक कर्मचारीसहित पाँच जनाले सामूहिक बलात्कार गरेका थिए ।

बालिकाले आफ्नी हजुर आमालाई शनिबार राति अस्पतालकै एक कर्मचारीसहित अन्य चार जनाले आफूलाई बलात्कार गरेको बताएपछि घटना बाहिर आएको हो ।

लखनउका प्रहरी अधिकारी महेश श्रीवास्तवका अनुसार एक जना आरोपी पक्राउ परेका छन् भने अन्य चार फरार रहेका छन् । प्रहरीले बाँकी चार जनालाई पनि खोजी गरिरहेको जनाएको छ ।

प्रहरीले अस्पताल प्रशासनसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेको र बालिकालाई आईसीयूमा एक्लै किन छोडिएको थियो भनेर पत्ता लगाउन कोसिस गरिरहेको पनि बताएको छ ।

भारतमा बलात्कारको घटना श्रृङ्खलाबद्ध रुपमा बाहिर आइरहन्छन् । सन् २०१२ डिसेम्बरमा नयाँदिल्लीमा सार्वजनिक बसमै एक विद्यार्थीलाई सामूहिक बलात्कार गरी हत्या गरेपछि त्यसले देशभरमा तरंग पैदा गरेको थियो ।

यसैबीच भारत सरकारले बलात्कारको घटना बढ्न थालेपछि यस्तो अपराधमा संलग्नलाई कडा सजाय हुने कानूनी व्यवस्था गरेको छ ।

वयष्कमाथि बलात्कार गर्नेलाई २० वर्षसम्मको जेल सजाय तोकिएको छ भने १२ वर्षभन्दा कम उमेरका बालबालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिन सक्ने व्यवस्था रहेको छ ।

स्रोतः डेलीमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment