Comments Add Comment

साउदी अरब : के यो क्राउन प्रिन्स सलमानको अन्त्यको समय हो ?

यो उनको अन्त्य हो, उनी विषालु छन्, उनी हाम्रा हिरो हुन्, हामी उनलाई माया गर्छौं ।

साउदी अरबका विवादित क्राउन प्रिन्स मोहम्मद बिन सालमानबारे मानिसहरुको मत यसरी बाझिएको छ । मोहम्मद बिन सालमानलाई पश्चिममा एमबीएस नामले चिनिन्छ ।

टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासमा २ अक्टोबरमा चर्चित पत्रकार जमाल खाशोज्जीको हत्यापछि पश्चिमा देशहरुमा एमबीएसको छवि वा उनको जुन ब्राण्ड थियो, त्यो नराम्ररी धमिलिएको छ ।

साउदीले औपचारिक रुपमा यो हत्यामा क्राउन प्रिन्सको भूमिकालाई अस्वीकार गर्दै आएको छ । तर, खाशोज्जीको हत्यालाई लिएर धेरै कुरा बाहिर आएको छ र क्राउन पि्रन्स सलमानको भित्री सर्कलमा यसलाई लिएर सक्रियता छ ।

खाशोज्जीको हत्यामा थुप्रै सन्देह छ, जुन क्राउन प्रिन्स मोहम्मद बिन सालमानतर्फ सोझिन्छ ।

खाशोज्जीको हत्यामा साउदी अरबको तर्क पूरा दुनियाँको बुझाइभन्दा अलग छ । खाशोज्जीको खुलेर आलोचना गर्ने गरेका कारण खाडी देशहरुमा भनिन्थ्यो कि एमबीएस केही गर्न चाहन्छन् ।

यो पनि भनिन्थ्यो कि सालमानले हत्याको आदेश दिएका थिएनन् तर, साउदीका रोयल कोर्टका सल्लाहकार सउद अल काहतानीको संलग्नताले थुप्रै प्रश्न उठाएको छ ।

समस्या यो छ कि साउदीले जे जति तर्क गरेपछि बाँकी विश्वमा त्यसलाई पत्याएका छैन । सुरुमा त साउदी अरबले खाशोज्जी दूतबासबाट गायब भएको स्वीकार नै गरेको थिएन । खाशोज्जी आए लगतै फर्किएको उसको तर्क थियो ।

तर, पछि भनेको छ कि दूतावासमा आएपछि भएको विवादका क्रममा उनी मारिए ।

खाशोज्जीको हत्यापछि साउदीको दाबी र उसको व्यवहार संदिग्ध छ र यसले प्रष्ट भएको छ कि यदि एमबीएस राम्रा वकिलको सहयोग लिएका थिए र राम्रा मिडिया सल्लाहकार भएको भए यस्तो अवस्था नआउन सक्थ्यो ।

यो घटनालाई लिएर एमबीएस कठघरामा छन् । पश्चिमा सरकार र बहुराष्ट्रिय कम्पनीहरुले साउदी अरबसँग आफ्नो व्यवहारमा परिर्वतन गरेका छन् ।

१९३२ मा साउदी अरब एक देशका रुपमा एकीकृत भएको थियो । के खाशोज्जी हत्या प्रकरणलाई लिएर साउदीका सिनियर राजकुमारमा पनि एमबीएसबारे शंका छ ?

एमबीएसको छवि बनेको छ कि उनी केवल अमेरिकालाई सन्तुष्ट पार्न चाहन्छन् । अर्कोतर्फ अमेरिकामा साउदीलाई हतियार दिनुअघि एक पटक सोच्नुपर्ने आवाज उठेको छ ।

त्यसो भए के साउदीका क्राउन पि्रन्सको गद्दी सुरक्षित छ त ? यहाँसम्म कि साउदी शाही परिवारमा पनि एमबीएसको रबैयाबारे गम्भीर छलफल हुँदै आएको छ । सत्ताधारी अल सउद परिवारमा संकट देखिएको यसले पनि अनुमान लगाउन सकिन्छ कि रियादमा मंगलबार अचानक राजकुमार अहदम बिन अब्देलअजीज पुगे ।

उनी ८२ वर्षीय किङ सलमानका भाइ हुन् । उनी लण्डनबाट आएका थिए र सउद हाउसमा उनको स्वागतमा कुनै कमी भएन । यहाँसम्म कि एमबीएसले पनि अंकमाल गरे ।

राजकुमार अहमदले यमनमा एमबीएसको तर्फबाट सुरु गरिएको युद्धको विपक्षमा बोलिसकेका छन् ।

उनले भनेका थिए कि उनी रियाद र्फकन डराउँछन् किनकी नजदरबन्दमा नराखियोस् । तर, अब देश फर्किएर राउदीको नेतृत्वलाई सहयोग गरिरहेका छन् ।

एमबीसलाई चुनौती दिने को ?

अब प्रश्न उठ्छ कि क्राउन प्रिन्स मोहम्मद बिन सालमानको भविश्य कस्तो छ ? पहिलो कुरा त उनलाई चुनौती दिन सक्ने कोही छैनन् । ३३ वर्षका उनको उदय तीव्र गतिमा भयो ।

गत वर्ष क्राउन प्रिन्स बनेपछि उनले साउदीको सत्तालाई पूर्ण रुपमा आफ्नो हातमा लिएका छन् । उनीसँग गृह मन्त्रालय, नेशनल गार्ड र रक्षा मन्त्रालय छ । उनी रोयल कोर्टका प्रमुख हुन् । साथै आर्थिक नीतिलाई पनि एमबीएसले नै सञ्चालथर्दै आएका छन् ।

किङ सलमान उनका पिता हुन् । तर, देश पूर्ण रुपमा एमबीएसको हातमा छ ।

अक्टोबरमा खाशोज्जी संकट आउनु अगाडि पनि एमबीएसको नीतिहरु निकै विवादमा परेका थिए । साउदीभित्रै पनि उनको नीतिलाई लिएर प्रश्न उठेका थिए ।

पिता किङ सलमानको विश्वास र सत्तामा पूर्ण नियन्त्रणका कारण २०१५ मा एमबीएसले आवफ्नो साथीहरुसँग मिलेर यमनविरुद्ध युद्ध सुरु गरेका थिए । यो युद्ध कहिल्यै अन्य नहुने लडाइँ मानिएको छ । गत वर्ष उनले दर्जनौं राजकुमार, कारोबारी र वरिष्ठ अधिकारीहरुलाई रियादको रिट्ज कार्लटन होटलमा नजरबन्द गरे ।

उनीहरु त्यसबेलासम्म राखियो, जबसम्म कथित रुपमा भ्रष्टाचारबाट कमाएको रकम फिर्ता गर्न तयार भएनन् ।

अर्कोतिर एमबीएस आफ्नो जीवनशैलीमा लाखौं डलर खर्च गरिरहेका छन् । साथै छिमेकी देशहरुसँग पनि साउदीको सम्बन्ध बिग्रिएको छ ।

गत साता अमेरिकी विदेशमन्त्री जेम्स म्याटिसले भनेका छन् कि कतार अमेरिकोको ठूलो एयरबेस हो र अमेरिका चाहिन्छ कि साउदीले उससँग सम्बन्ध राम्रो बनाओस् ।

क्यानडाका विदेशमन्त्रीले मानवअधिकारबारे एक ट््वीट गर्दा साउदीले राजनीतिक सम्बन्ध तोड्यो ।

अहिले साउदी अरबमा एमबीएसबारे गहन बहस भइरहेको छ र उनीको विवादित नीतिमाथि विमर्श भइरहेको छ ।

साउदीमा लाखौं युवाहरुलाई एमबीएसलाई लिएर एक अपेक्षा पनि छ, उनलाई साहसिक, चमत्कारिक नेता र दुरदर्शी सुधारकका रुपमा पनि लिने गरेका छन् ।

उनले महिलाहरुलाई गाडी चलाउने अधिकार दिउ, मनोरञ्जनका थुप्रै माध्यममा लगाइएको रोक हटाए । उनको योजना साउदीको अर्थ व्यवस्थाको निर्भरता तेलमा कम गर्नेछ । उनी भिजन २०३० मा काम गरिरहेका छन् र तेलबाहेकका क्षेत्रमा पनि रोजगारी सिर्जना गर्न चाहन्छन् ।

साउदीमा राजशाही छ । आसपासका देशमा पनि लोकतन्त्रको समर्थनमा अभियान चलिरहेको छ, जसले साउदीको शाही परिवारमा पनि एक प्रकारको त्रास छ ।

तर, मानिसहरुलाई यो पनि याद छ कि अरबका कयौं देशमा जब लोकतन्त्रका लागि आन्दोलन सुरु भयो, यस्तो लागेको थियो कि सिरियाका राष्ट्रपति बसर अल असदको सत्ता पनि ढल्छ । तर, यस्तो भएन र सात वर्ष लामो गृहयुद्ध झेलेर पनि उनी सत्तामा छन् ।

यस्तोमा क्राउन प्रिन्सबारे कुनै भविष्यवाणी गर्नु हतार हुन्छ ।

(बीबीसी हिन्दीबाट अनुवादित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment