Comments Add Comment

नेकपाका महासचिवको टिप्पणीः सरकार गतिविहीन छैन तर गति बढाउनु पर्छ

२० कात्तिक, काभ्रे । नेकपाका महासचिव विष्णु पौडेलले सरकारले सन्तोषजनक काम गरेको दावी गरेका छन् ।

नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दावी गरे । ‘सरकारको काम सन्तोषजनक छ, तर गति चाही बढाउनु पर्छ, कसैले कता कता हल्ला गरे जस्तो सरकार अयोग्य र गतिविहीन भने होइन्,’ उनले भने ।

‘सरकारले अब झन गतिमा सबै तहबाट काम र विकास लिएर अगाडि बढ्छ,’ महासचिव पौडेलले अघि भने, ‘जनताका लागि निर्वाचित प्रतिनिधिहरुले जनभावना अनुसार अगाडि बढ्नु पर्छ ।’

महासचिव पौडेलले पार्टी एकताको काम अन्तिम चरणमा पुगिसकेको दावी गरेका छन् । ‘सबै तहको पार्टी एकता अगामी मंसिरभित्र सकिन्छ, अब पार्टी एकताको विषयले धेरै चर्चा पाउनु पर्दैन जस्तो मलाइ लाग्छ,’ उनले भने ।

चियापान कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले गरेका राम्रा कामलाई सामाजिक सञ्जालममा गलत रुपमा हल्ला चलाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment