Comments Add Comment

पीएसजी र नेपोली बराबरीमा रोकिँदा लिभरपुल पराजित

२१ कात्तिक, काठमाडौं । इटालियन क्लब नेपोली र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार बिहान आफ्नै घरेलु मैदानमा भएको खेलमा नेपोलीले पीएसजीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । नेपोलीका लागि लोरेन्जोले गोल गरे । यता, पीएसजीका लागि जुवान बर्नाटले गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा बर्नाटले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोलले अघि रहेको पीएसजीले दोस्रो हाफमा गोल खादै बराबरी खेलेको हो । खेलको ६२औं मिनेटमा पेनाल्टीबाट लोरेन्जोले गोल गर्दै बराबरी दिलाएका थिए ।

समूह सी अन्तर्गत नै भएको अर्को खेलमा भने इंग्लिस क्लब लिभरपुल सर्बियन क्लब रेड स्टार बेलग्रेडसँग २–० गोलले पराजित भएको छ । बेलग्रेडको जितमा मिलान पाभकोभले दुबै गोल गरेका थिए । उनले खेलको २२औं र २९ औं मिनेटमा गोल गरेका थिए ।

समूह सी को शीर्ष स्थानमा नेपोली रहेको छ । उसको ४ खेलबाट ६ अंक भएको छ भने लिभरपुलको पनि समान ६ अंक नै रहेको छ तर लिभरपुल दोस्रो स्थानमा रहेको छ । यता, पीएसजी भने ४ खेलबाट ५ अंक सहित तेस्रो स्थानमा रहदा बेलग्रेड ४ खेलबाट ४ अंक बनाउँदै पुछारमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment