Comments Add Comment

सिस्नुपानीको देउसीमा जनतामाथि व्यंग्य (भिडियोसहित)

२२ कात्तिक, काठमाडौं । हास्यकलाकारहरुले प्रायः सरकारमाथि व्यंग्य प्रहार गर्ने गर्छन् । प्रत्येक वर्षको तिहारमा हास्य व्यंग्यात्मक देउसी सञ्चालन गर्दै आएको सिस्नुपानी नेपालले यस वर्षको देउसीमा सरकारका साथै जनतालाई समेत व्यंग्य प्रहार गरेको छ ।

नेपाली जनताको चरित्र-चित्रण गर्दै सिस्नुपानीको देउसीमा जनतालाई देश छाडेर भाग्ने, सडकमा फोहोर पार्ने, खेत बाँझो राखेर चाउचाउ खाने इत्यादि भनिएको छ ।

त्यसैगरी रक्सीमा बिक्ने, कर छल्ने अनि बोक्सी दाइजो लगायतका सामाजिक विकृतिहरुमा लाग्ने गरेको भन्दै जनतामाथि व्यंग्य गरिएको छ । कलाकारले भनेका छन्, ‘ऐनामा हेरौं-जनता । आफैंलाई फेरौं जनता ।

सिस्नुपानीको देउसीमा केपी ओली नेतृत्वको दुई तिहाई सरकारले काम गर्न नसकेको भन्दे व्यंग्य गरिएको छ । गृहमन्त्री बादल, नेकपा अध्यक्ष प्रचण्ड लगायतलाई बढी व्यंग्य गरिएको छ भने पर्यटन मन्त्री र श्रम मन्त्रीको प्रशंसा गरिएको छ । प्रधानमन्त्री ओलीप्रति नरम रहँदै आएको आरोप लाग्ने गरेको सिस्नुपानीले सरकारको आलोचना गरिरहँदा केपी ओलीलाई भने बचेर आलोचना गरेको देखिन्छ ।

यद्दपि विगतको गाईजात्रामा सरकारलाई आलोचना गर्न डराएको सिस्नुपानी नेपालले देउसीमा भने आलोचना गरेर यो सरकारको अलोकपि्रयता बढ्न थालेको संकेत गरेको छ । दिगम्बर झालाई च्यापेर लोकतन्त्रमा हिलो छ्यापिएको देउसीमा भट्याइएको छ । त्यसैगरी केपी ओलीमाथि हल्का व्यंग्य गर्दै भनिएको छ-

यो सरकारको दिमाग चल्छ किन अङ्ग चल्दैन

डकारेको ग्याँसले घरको चुलो बल्दैन।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment