Comments Add Comment

अनुष्काले गरेको भूमिका पाउन रोइकराई गरेकी थिइन् कट्रिनाले

हालै शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को ट्रेलर आएपछि यो चलचित्रप्रति कौतुहल बढेको छ । ट्रेलरमा सरप्राइज प्याकेजका रुपमा आएकी छिन् अनुष्का शर्मा । चलचित्रमा शाहरुखले एउटा ठूला सपना देख्ने पुड्को व्यक्तिको भूमिकामा देखिने पहिलेदेखि नै चर्चामा थियो । तर, अनुष्काको रोलबारे केही खुलाइएको थिएन । जब टे्रेलर आयो, उनको भूमिका र अभिनयको झलकले सबैलाई तरंगित बनायो ।

ट्रेलरमा अनुष्का ह्वीलचेयरमा देखिएकी छन् जो राम्ररी बोल्नसमेत सक्दिनन् । फिल्ममा अर्की नायिका पनि छिन् कट्रिना कैफ । उनले चाहिँ एउटी घमन्डी सेलिब्रिटीको भूमिका निर्वाह गरेकी छन् ।

खासमा कट्रिना यो भूमिका गर्न चाहन्थिनन् । अनुष्काले गरेको भूमिकामा नै उनी पनि लोभिएकी थिइन् । उनले फिल्मका निर्देशक आनन्द एल रायसँग आफूले यो रोलका लागि विन्तिभाउ गरेको तर उनले नदिएको कट्रिना स्वयम्ले बताएकी छन् ।

‘यो रोल मेरो मलाई मनमा गढेको थियो, मैले निर्देशकसँग रुँदै यो रोलको लागि अनुरोध गरेकी थिएँ,’ एक अन्तरवार्तामा कट्रिनाले भनिन् । तर, सो रोलका लागि पहिल्यै अनुष्का शर्मासँग सहमति गरिसकेकाले आफूले कट्रिनाको अनुरोध पुरा गर्न नसकेको निर्देशक रायले बताए ।

यता शाहरुखले चाहिँ कट्रिनाको भूमिकाको प्रशंसा गरेका छन् । उनले चलचित्र प्रदर्शनमा आइसकेपछि यो भूमिकाले चर्चा पाउने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment