Comments Add Comment

तस्बिरमा हेर्नुहोस् कलाकारको भाइटिका

तिहारको अन्तिम दिन भाइटिकाको अवसरमा नेपाली चलचित्रका कलाकारहरुले आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाएर खुशी साटेका छन् । दिदी-बहिनीले आफ्ना दाजु-भाइको लामो आयूको कामना गर्दै भाइटिका लगाइदिने गर्छन् । नायिका बर्षा राउतले आफ्नो भाइटिका लगाउँदै गरेको तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छिन् । २ भाइसँग बर्षा निकै खुशी देखिएकी छिन् ।

नायिका स्वेता खड्काको भाइटिका पनि रमाइलो भएको छ । भाइले टिका लगाएर खुट्टा ढोग्दै गर्दा स्वेता हाँसेकी छिन् । यस्तै, नायिका ऋचा शर्मा, नम्रता श्रेष्ठ, अनु शाह, कलाकारहरु जितु नेपाल, सिताराम कट्टेल लगायतले पनि भाइटिका लगाएका छन् ।

यस्तै, नायिका निता ढुंगाना, अनु शाह, नम्रता श्रेष्ठ लगायतले पनि भाइटिका निकै रमाइलो भएको प्रतिक्रिया दिएका छन् । निर्देशक दीपाश्री निरौला, गायक यूवराज चौलागाइले पनि भाइटिकालाई उल्लासपूर्ण रुपमा मनाएका छन् ।

तस्वीरः कलाकारको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment