+
+
Shares

परमिताको हिसीसँग ब्रेकअप, भनिन्-‘पीडा सिकाएकोमा धन्यवाद’

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते १८:५८

नायक आयुष्मान देशराज जोशीसँगको लामो प्रेम सम्बन्धबाट अलग भएपछि नायिका परमिता आर एल राणाले अर्का एक यूवकसँग मन साटिन् । हिसी लोसांग नाम गरेका यूवा र परिमिताको प्रेम सम्बन्ध सबैका लागि खुल्ला किताब नै बनेको थियो ।

परमिताको जन्मदिनमा हिसीले औठी लगाइदिएपछि उनीहरुविच इन्गेजमेन्ट नै भएको भन्ने खालका खबर पनि आएका थिए । तर, पछि परमिताले त्यो इन्गेजमेन्ट नभएर गिफ्ट मात्र भएको बताएकी थिइन् । केही समय अगाडि चलचित्र ‘चंगाचेट’को प्रमोशनमा क्रममा परमिताले आफूले बिहे नगर्न पनि सक्ने खालको अभिव्यक्ति दिएकी थिइन् । सो समयमा प्रेममा रहेकी परमिताले किन यस्तो भनिन् भन्ने चर्चा पनि भएको थियो ।

तर, परमिताले बिहे नगर्न पनि सक्छु भन्नुको कारण बल्ल खुलेको छ । उनी र हिसीविच ब्रेकअप भएको छ । परमिताले इन्स्टाग्राममा स्टाटस लेख्दै यो कुराको पुष्टी गरेकी छिन् । उनले लेखेकी छिन्-‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ । म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले अहिले बल्ल वुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?