+
+
Shares

होटल सञ्चालकसँग विवाद गर्दा छुरा प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते १५:०५

२४ कात्तिक, नेपालगञ्ज । मादक पदार्थ सेवनका क्रममा होटल सञ्चालकसँग विवाद भएपछि बाँकेमा एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो ।

झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ । होटल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?