Comments Add Comment

भूपु पत्नीमाथि अत्याचारः सामुहिक बलात्कारपछि गुप्ताङ्गमा लट्ठी

भारतमा एउटा अत्यासलाग्दो घटना भएको छ । झारखण्ड राज्यको जामताडा जिल्लामा एकजना पुरुषले आफ्नी पूर्वपत्नीमाथि आङै सिरिङ्ग हुने अत्याचार गरेका छन् ।

ती पुरुषले आफ्ना भूतपूर्व श्रीमतीमाथि आफ्ना साथीहरुसँग मिलेर सामुहिक बलात्कार मात्र गरेनन्,बलात्कारपछि महिलाको यौनांगमा काठको लट्ठी घुसाइदिए । गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीले उदय नामका ती पुरुषलाई गिरफ्तार गरेको छ । अपराधमा संलग्न उनका साथीहरुको खोजी भैरहेको बताइएको छ ।

स्थानीय गाउँमा काली पुजाको अवसरमा आयोजित सन्थाली मेला भर्न गएकी भूपु पत्नीसँग उदयको मेलास्थलमै भेट भएको थियो । साथीहरुसँगै रहेका उदयले मेलास्थलबाटै पूर्वपत्नीलाई जबरजस्ती उठाएर नजिकैको खेतमा लगे अनि सामुहिक बलात्कार गरे । यतिले मात्र पुगेन । पूर्वपत्नीको यौनांगमा काठको लौरो पनि घुसाइदिए ।

महिला बेहोस भएपछि उदय र उनका साथीहरु त्यहाँबाट भागे । बिहान स्थानीय महिलाहरुले खेतमा ती महिलालाई रक्ताम्य अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल लगे । अस्पतालमा उनको मृत्यु भयो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment