Comments Add Comment

मुख्यमन्त्री पोखरेललाई चीन भ्रमणको निम्तो

२५ कात्तिक, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र निनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि मुख्यमन्त्री पोखरेललाई निमन्त्रणा दिएका छन् ।

लुम्बिनीको पर्यटन प्रबर्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको भेटमा मुख्यमन्त्री पोखरेलले अाफ्नो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव  काम लाग्ने बताएका थिए ।

उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेको भन्दै राजदूतमार्फत चिनियाँ सरकारलाई धन्यवाद दिएका थिए । मुख्यमन्त्री पोखरेलले चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुसी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गरे ।

राजदूत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताए । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे ।

उनले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment