+
+
Shares

काभ्रेमा नेविसंघद्वारा शैक्षिक संस्था बन्द

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते १४:२२

२५, कात्तिक, काभ्रे । प्रधानमन्त्रीको तस्वीर विगारेर कार्टुन बनाएर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका सामर्थक रिहाइका लागि माग गर्दै नेपाल विद्यार्थी संघले काभ्रेमा शैक्षिक संस्था बन्द गरेको छ ।

आफ्ना कार्यकर्ताको पक्राउ परेको अभियोगमा नेविसंघ काभ्रेले जिल्लाका सबै शैक्षिक संस्था बन्द गरेको छ । नेविसंघ काभ्रेका अध्यक्ष नृपेश वादेले वक्तव्य निकाल्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा हस्ताक्षेप गरेको भन्दै दुइ दिने शैक्षिक हड्ताल गरेको उल्लेख गरेका छन् ।

नेविसंघले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी नेताको रिहाइका लागि विभिन्न चरणका आन्दोलनसमेत घोषणा गरेको थियो ।

प्रहरीले मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले प्रधानमन्त्रीको तस्वीर विगारेर सेयर गरेको अभियोगमा पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख रविराज खड्काका अनुसार नयाँ मुलुकी संहिता कानुन र साइवर कानुन अनुसार ढकाललाइ पक्राउ गरी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?