२५ कात्तिक, काठमाडौं । ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नका लागि प्राइम कमर्शीयल बैंकले नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ ।
राष्ट्र ओमलाई एक्विजिशनका लागि प्राइमलाई गत ११ गते नै सैद्धान्तिक सहमति प्रदान गरेको हो । ११ गते नै राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको भए पनि नेपाल स्टक एक्सचेञ्जले आइतबारमात्रै सार्वजनिक गरेको छ ।
प्राइम र ओमले एक्विजिसनको सैद्धान्तिक सहमतिका लागि भदौ ४ गते केन्द्रीय बैंकमा संयुक्त निवेदन पेश गरेका थिए । सैद्धान्तिक सहमति पाएसँगै दुबै बैंकले एक्विजिशनका लागि आवश्यक तयारी तीव्र पारेका छन् ।
सैद्धान्तिक सहमति पाएको ३ महिनाभित्र दुबै बैंकले आवश्यक तयारी सम्पन्न गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा संयुक्त निवेदन दिनु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4