Comments Add Comment

गोदामघरमा जुवा खेलिरहेका ५ उद्योगी पक्राउ

२५ कात्तिक, मोरङ । विराटनगरका उद्योगी चम्पालाल राठीको गोदाम घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जना उद्योगी व्यावसायीलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१ स्थित गंगा चोकबाट प्रहरीले आइतवार विहान २ बजे उद्योगी राठीसहित ५ जनालाई १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–५ का जीवन रिजाल, विराटनगर–३ का मुकेशकुमार अग्रवाल, विराटनगर– ७ का विमल अग्रवाल र हंशराज जैन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका सबै विराटनगरका उद्योगी व्यावसायी हुन् । विहानी २ बजे प्रहरी पुगेपछि केही उद्योगी व्यवसायी भने जुवा खालबाट भागेका थिए ।

विशेष सुराकीको आधारमा विराटनगर–२ का स्थायी बासिन्दा राठीको चामल उद्योगको गोदाम घरमा पुगेको प्रहरीले १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास पनि बरामद गरेको श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका पाँचै जनालाई जुवा ऐन अन्तरगत म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको श्रेष्ठले जानकारी दिए । त्यसैगरी मोरङ प्रहरीले आइतबार विहान १ बजे मोरङको जहदा गाउँपालिका–५ बाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

अमरचन सिंहको घरको बरण्डामा जुवा खेलिरहेको अवस्थामा ६० वटा कौडा, ४३ हजार ३ सय २० रुपैयाँसहित जहदा गाउँपालिका वडा नं. ५ बस्ने बीरबल कामत, सेठी भन्ने जयकान्त पौदार र राकेश कामतलाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment