Comments Add Comment

क्लब फुटबलमा आज रोचक प्रतिस्पर्धा, कुन कुन भिड्दैछन् ?

२५ कात्तिक, काठमाडौं । क्लब फुटवलका नियमित दर्शकका लागि आइतबार विशेष दिन हुँदैछ । इंग्लिस प्रिमियर लिगदेखि स्पेनिस ला लिगा र इटालियन सिरी ए सम्मका रोचक खेल हुँदैछ ।

अंक तालिकामा नै उलटपुलट हुने खेलहरुले गर्दा आइतबार बेलुकादेखि रातिसम्मको समय विशेष बन्दै छ ।

इंग्लिस प्रिमियर लिग

प्रिमियर लिगमा नेपाली समयअनुसार आइतबार बेलुका पौने ६ बजे लिभरपुल र फुलह्यामबीच खेल हुँदैछ । ८ बजे चेल्सी र इभर्टन, सवा १० मा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच खेल हुँदैछ ।

यस्तै सवा १० मा नै आर्सनल र वुल्भ्सबीच खेल हुँदै छ । आइतबारको खेलले प्रिमियर लिग अंक तालिकामा अर्थपूर्ण भिन्नता देखिने भएकाले पनि महत्वपूर्ण बनेको छ ।

स्पेनिस ला लिगा

ला लिगामा आइतबार पाँच खेल हुँदैछन् । पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ५ बजे अलाभेस र हुएस्काबीच खेल हुँदैछ ।

राति नौ बजे बार्सिलोना र रियल बेटिस, सवा ११ मा रायो भालेकानो र भिलारियल, सेभिल्ला र इस्पानियोल साथै राति साढे १ बजे सेल्टाभिगो र रियल मड्रिडबीच खेल हुँदै छ ।

जर्मन बुण्डेसलिगा

बुण्डेस लिगामा आइतबार दुई खेल हुँदै छन् । पहिलो खेलमा बायर र आरबी लिपजिगबीच सवा ८ बजे खेल हुँदै छ । दोस्रो खेलमा पौने ११ बजे इन्ट्राच्ट र साल्कबीच खेल हुँदै छ ।

फ्रेन्च लिग वान

लिग वानमा आज चार खेल हुँदै छन् । बेलुका पौने ८ बजे बोर्डेअक्स र सिएन, राति पौने १० मा मार्सेली र डिजोन एफसीओ, रेन्नेस र नातेस साथै पौने २ मा मोनाको र पीएसजीबीच खेल हुँदै छ ।

इटालियन सिरी ए

सिरी ए मा आइतबार ६ खेल हुँदै छ । दिउँसो सवा ५ बजे एटलान्टा र इन्टर मिलान, बेलुका पौने ८ बजे इम्पोली र युडिनसे, चिएभचो र बोलोग्ना, रोमा र साम्पडोरिया, राति पौने ११ बजे सासुलो र लाजियो साथै सवा १ बजे मिलान र युभेन्टसबीच खेल हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment