Comments Add Comment

अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई सिरिज सुम्पियो

२५ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाले अन्तिम खेलमा अष्ट्रेलियालाई ४० रनले पराजित गर्दै एक दिवसीय क्रिकेट सिरिज २–१ ले जितेको छ ।

बेलिराइभ ओभलमा दक्षिण अफ्रिकाले दिएको ३२१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८० रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि शाउन मार्सले शतक बनाएपनि जित दिलाउन भने सकेनन् । उनले १०२ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै १०६ रन बनाए । त्यस्तै, अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले ६३, एलेक्स क्यारीले ४२ र ग्लेन म्याक्स्वेलले ३५ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लागि डेल स्टेयन र कागिसो रबडाले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३२० रन बनाएको थियो । ४ रन हुँदा पहिलो विकेटको रुपमा डि क्ककलाई गुमाएको दक्षिण अफ्रिकाले २६ रन हुदा दोस्रो विकेटको रुपमा रिजा हेन्ड्रिक्सलाई गुमाएको थियो ।

तर दक्षिण अफ्रिकाका लागि कप्तान फाफ् डु प्लेसिस र डेभिड मिल्लरले शतक बनाउँदै उकासेका थिए । मिल्लरले १३९ रन बनाए भने प्लेसिसले १२५ रन बनाएका थिए । मिल्लर र प्लेसिसले २५२ रनको साझेदारी गर्दै दक्षिण अप्रिकालाई उकासेका थिए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्र्टाक र मार्कुस स्टोइनिसले समान २–२ विकेट लिएका थिए ।

यसअघि पहिलो एक दिवसीय खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो एक दिवसीय खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment