Comments Add Comment

जिम्बाब्वेविरुद्ध बंगलादेशको गतिलो सुरुवात, हक र रहिमको शतक

२५ कात्तिक, काठमाडौं । जिम्बाब्वेविरुद्धको दोस्रो टेष्ट खेलको पहिलो दिन घरेलु टोली बंगलादेशले गतिलो सुरुवात गरेको छ ।

२ खेलाडीको शतकमा बंगलादेशले पहिलो दिनको समाप्तीसम्म ५ विकेटको क्षतिमा ३०३ रन बनाएको छ । बंगलादेशका लागि मोमिन्युल हकले उत्कृष्ट प्रदर्शन गर्दै १६१ रन बनाए । उनले १९ चौका प्रहार गरेका थिए । त्यस्तै, मुस्फिकर रहिमले १११ रन बनाएर खेलिरहेका छन् ।

तर बंगलादेशका चार जना खेलाडी भने सस्तैमा समेटिए । लिटोन दासले ९, तैजुल इस्लाम ४ रनमा आउट हुदा इम्रुल कायस र मोहम्मद मिथुन भने शून्य रनमै आउट हुन पुगे । बंगलादेशका लागि हक र रहिमले २६६ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए ।

बलिङतर्फ भने कैल जर्भिसले ३ विकेट लिए । बंगलादेशले दोस्रो दिन सोमबार यही स्थितिबाट ब्याटिङ थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment