काठमाडौं । इटालियन सिरी ए मा एट्लान्टाले इन्टर मिलानमाथि शानदार जित हात पारेको छ ।
च्याम्पियन्स लिगमा बार्सिलोनासँग १-१ को बराबरी खेलेको इन्टरले सिरी एमा भने ४-१ को अप्रत्यासित हार व्यहोरेको हो । यो हारसँगै उसले लिग लिडर युभेन्टसँगको अंक दुरी ३ मा झार्ने अवसर समेत गुमाएको छ ।
घरेलु मैदानमा भएको खेलमा एट्लान्टाले आठौं मिनेटमा नै हन्स हेटबोरको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरूमा नै पाएको पेनाल्टीमा इकार्डीले गोल गर्दै इन्टर मिलानलाई खेलमा फर्काउने संकेत गरे ।
तर, ६२ औं मिनेटमा मान्सिनीले गोल गरे । ८८ औं मिनेटमा जेम्जिटी र अलेहान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई शानदार जित दिलाए ।
हारपछि तेस्रो स्थानमा रहेको इन्टर मिलानको १२ खेलबाट २५ अंक छ भने अट्लान्टा १८ अंकसहित सातौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4