+
+
Shares

मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते १२:४१

२६ कात्तिक, पर्सा  । मुस्लिम समुदायभित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गरेका छन् ।

मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरीब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा मुख्यमनत्री राउतले व्यक्त गरे ।

नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले सोमबार वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले हिन्दू समुदायभित्र रहेका विभिन्न जाति जस्तै मुस्लिम समुदायभित्र समेत दलित रहेको र उनको जीवनस्तर दयनीय अवस्थामा रहेकाले उनको जीवनस्तरलाई उकास्दै राज्यको मूल प्रवाहमा समावेश गर्ने दायित्व राज्यकै भएको बताए ।

नेपाल हवारी (धोवी) कल्याण समिति पर्साले अध्यक्ष युसुफ सफिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतका वक्ताले सम्बोधन गर्दै दलित सामुदायिक जीवनस्तरलाई उकास्न केन्द्र तथा प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?