Comments Add Comment

दाम्पत्य जीवन रोमाञ्चक बनाउने टिप्स

विवाह एउटा रोमाञ्चक अनुभव हो । विवाह लगत्तै जीवन रंगीन बन्छ । तर, समय बित्दै जाँदा यो ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदै जान्छ । केही नयाँपन आउँदैन ।

जिन्दगीले हामीलाई यस तरिकाले व्यस्त राख्छ कि हामी एक अर्काको लागि पर्याप्त समय नै दिन सक्दैनौं । ठूला–ठूला चाहनालाई पुरा गर्नतिर लाग्दा ससाना खुसीहरु हराउँछन् ।

तर, ख्याल राख्नुपर्ने कुरा के हो भने जति नै पुरानो सम्वन्ध भए पनि तपाईंको एक सानो मुस्कानले पार्टनरको अनुहारमा धेरै चमक देखिन सक्छ । । एक अर्काको हात थाम्नाले आनन्द मिल्छ ।
आफ्नो वैवाहिक जीवनलाई लामो समयसम्म रोमाञ्चक बनाउन यी विधीहरु अनुसरण गर्नुस ।

पर्याप्त समय बिताउनुहोस्

हाँसो त्यो जादुमयी चीज हो जुन खुलेमा सबै दुःख हराउँछ । हाँसीमजाकले सम्बन्धमा आएको चिसोपना हटाउँछ । सबै कुरा राम्रो चलिरहेको अवस्थामा पनि हाँसोले सम्बन्धको लागि टनिकको काम गर्छ ।
तपाईंसँग समयको कमी भए पनि सकेसम्म म्यानेज गरेर एक–अर्काको साथमा धेरै समय बिताउने गर्नुहोस् । एक–अर्काको कुरा सुन्नुहोस्, समस्याहरुको बारेमा छलफल गर्नुहोस् र मिलेर यसको हल निकाल्नुहोस् ।

एक शोधका अनुसार जो मानिस विवाहपछि पनि हाँसो मजाक गरिरहन्छन् उनीहरुको वैवाहिक जीवन धेरै सुखद हुन्छ ।

सधैं खुसी रहनुहोस्

सधैँ खुसी रहने र आफ्नो वरिवरिका मानिसहरुलाई प्रसन्न राख्नु पनि एक कला हो । यो कला सबैमा हुँदैन तर, जसमा हुन्छ उनीहरुले सबैको मन जित्छन् । जीवनसाथीको रुपमा पनि यस्ता पुरुषहरुलाई महिलाहरुले प्राथमिकता दिन्छन् । चुपचाप, उदास रहेर आफैँमा हराउने पुरुषलाई कमै महिलाहरुले मन पराउँछन् ।

जो मानिस खुसी रहन र हाँस्न जान्छन् उनीहरु अक्सर समस्याहरुबाट लड्ने मामिलामा पनि धेरै सकरात्मक हुन्छन् । अधिकांश महिलाहरुलाई यस्तो पुरुष मन पर्छ जसको सेन्स अफ ह्युमर राम्रो छ, किनभने यस्ता मानिसहरु समस्यामा पनि दुःखी र उदास देखिँदैनन् ।

यति मात्रै होइन, उनीहरु मानिसहरुको भावनालाई पनि कदर गर्न जान्दछन् । उनीहरुलाई आफ्नो हाँसोठट्टाले मानिसहरुलाई केही समयको तनावमुक्त माहौल दिन सक्छ भन्ने कुरा थाहा हुन्छ ।
सँगै घुम्ने गर्नुहोस्

व्यस्त दिनचर्यासँगै एक अर्काको लागि समय निकाल्न पर्छ । बिहान छिट्टै उठेर वा भोजन गरेपछि बेलुकाको समय कतै टहल्नको लागि समय निकाल्नुहोस् । यसले सँगै समय बिताउने मौका पनि मिल्छ र सयर पनि हुन्छ ।

त्यस्तै छुट्टीको दिनमा दुई जनामात्रै कतै घुम्न जाने वा बेलुका डिनरको लागि बाहिर जाने गरेमा सम्बन्धमा सँधै नयाँपन महसुस हुन्छ ।

पुराना यादहरु बाँड्नुहोस्

कहिलेकाहीँ विवाहको पुरानो फोटो एल्बम निकालेर सँगै हेर्न सक्नुहुन्छ । ती सुन्दर पलहरुलाई एकपटक फेरि सम्झिन सकिन्छ । पुराना ती कुराहरुलाई याद गर्नुहोस् जसको कारणले तपाईंको सम्बन्ध मजबुत भएको थियो । सँगै बसेर एकअर्कालाई पुराना कुराहरु सुनाउँदा पनि खुसी मिल्छ ।

काममा सघाउने

धेरैजसो पुरुषहरुमा भान्छा पत्नीको मात्रै जिम्मेवारी हो भन्ने सोचाई हुन्छ । तर तपाईंहरु दुवै जना मिलेर त्यहाँ किन काम नगर्ने ? मिलेर काम गर्नाले एकजनालाई मात्रै बोझ पनि पर्दैन र दुईजना कुरा गर्दै काम गर्दा छिटो पनि हुन्छ ।

अझै छुट्टीको दिन पत्नीलाई सरप्राइज्ड बनाउनको लागि आँफै खाना पकाउनुभयो भने झन् राम्रो ।

पार्टनरको रोजाइलाई ध्यान दिनुहोस्

टिभीमा हाँसीमजाकको कार्यक्रम, कमेडी फिल्म वा शो सँगै बसेर हेर्नुहोस् । यसले साँच्चै नै तपाईंको सम्बन्धमा मिठास आउँछ र तपार्इंहरु एक–अर्काको नजिक आउनुहुनेछ ।

यसको साथसाथै आफ्नो पार्टनरलाई के कुराले धेरै खुसी बनाउँछ भन्ने बारेमा ख्याल राख्नुहोस् । उनीहरुलाई मनपर्ने उपहार दिने, रेष्टुराँमा उनीहरुलाई मनपर्ने खानेकुरा अर्डर गर्ने जस्ता स–साना कुराले नै आफ्नो पार्टनरलाई खुसी बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment