Comments Add Comment

फि्लपकार्टका सीईओ बिन्नी बन्सलले दिए राजीनामा

२८ कात्तिक, काठमाडौं । अनलाइन सपिङ साइट फि्लपकार्टका सीईओ बिन्नी बन्सलले पदबाट राजीनामा दिएका छन् । उनीमाथि महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

फि्लपकार्टमा ७७ प्रतिशत शेयर रहेको वालमार्टले बन्सलले पदबाट राजीनामा दिएको जानकारी गराएको हो । अब फि्लपकार्टको सीईओ पद कल्याण कृष्णमूर्तिले सम्हाल्ने छन् ।

बिन्नीले यौन दुर्व्यवहार गरेको भन्ने आरोपको भने पुष्टि भएको छैन तर उनको आचरणमा पारदर्शीताको अभाव रहेकाले राजीनामा स्वीकृत भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसै वर्षको जुलाईको अन्तिमतिर ३७ वर्षीय बिन्नीविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो । उजुरीकर्ता महिला केही वर्ष अघिसम्म फि्लपकार्टको कर्मचारी थिइन् । जाँचबुझको क्रममा ति महिलाले लगाएको आरोप पुष्टि भने भएको छैन । बिन्नीले पनि आफूलाई लगाइएको आरोपको खण्डन गर्दै आएका छन् ।

बिन्नीले अझै केही समय फि्लपकार्टको जिम्मेवारी सम्हाल्न चाहन्थे तर पछिल्ला केही घटनाहरुका कारण उनी राजीनामा दिन बाध्य भए । उनले भनेका छन्- मलाई लगाइएका आरोपबाट म हैरान भएको छु । मेरो र मेरो परिवारका लागि यो चुनौतिपूर्ण समय हो ।

बिन्नी अब सीईओ पदमा रहने छैनन् तर शेयर सदस्य र बोर्ड अफ डाइरेक्टरको रुपमा फि्लपकार्टसँग जोडिइरहने छन् । बिन्नीसँग फि्लपकार्टको ५ प्रतिशत शेयर छ ।

बिन्नी बन्सल २००६ सम्म अमेजनमा सिनियर सफ्टवेयर इन्जिनियर थिए । त्यहाँ काम गर्दागर्दै बिन्नीले फि्लपकार्टको योजना बनाए र सन् २००७ मा त्यसलाई लन्च गरेका थिए ।

अमेरिकी रिटेल कम्पनी वालमार्टले गत मे महिनामा फि्लपकार्टको ७७ प्रतिशत शेयर १६ अर्ब डलरमा खरिद गरेको थियो । यो ई-कमर्सको दुनियामा सबैभन्दा ठूलो कारोबार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment