Comments Add Comment

सफ्टवेरिका कलेजले पायो कोभेन्ट्री विश्वविद्यालयको सम्बन्धन

२८ कात्तिक, काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सले गार्जियन लिग टेबलमा १३ औं नम्बरमा रहेको कोभेन्ट्री विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । अब कलेजले अन्तर्राष्ट्रियस्तरको डिग्रीका विभिन्न कार्यक्रम सन्चालन गर्न लागेको छ । कोभेन्ट्री विश्वविद्यालय संग को यो सम्बन्धनपछि अब सफ्टवेरिकामा बिएससी कम्प्युटिङ र बिएससी इथिकल ह्याकिङका तथा साइबर सेक्युरिटीको अध्यापन गराइनेछ ।

सफ्टवेरिका कलेजका प्रमुख प्रमोद पौडेलकाअनुसार यी दुई कोर्ष सफ्टवेरिकामा २०१९ को फेब्रुअरीदेखि सुरु हुनेछन् । त्यसका लागि भर्ना अभियान भने आजैबाट सुरु भएको छ ।

पौडेलले १२ कक्षा उतीर्ण भएका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने जानकारी दिएका छन् । यो कोर्ष अध्ययनपश्चात विद्यार्थीको शैक्षिक योग्यता बेलायतका कलेजमा पढेको डिग्री सरह को हुनेछ ।

सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाललाई प्रविधि अध्ययनको दक्षिण एशियाकै हब बनाउने उद्देश्य लिएको बताए ।

सफ्टवेरिका कलेजले यसअघि पनि बेलायती शिक्षण पद्धति तथा डिग्रीलाई नेपालमा अध्यापन गराउँदै आएको छ । सन् २०१० देखि बेलायती डिग्रीलाई नेपालमा अध्यापन गराइरहेको सफ्टवेरिकाका लागि कोभेन्ट्री विश्वविद्यालयसंग को यो सम्बन्धनले नेपालमा शिक्षाको गुणस्तर विकास गर्न थप सहयोग पुग्ने विश्वास छ ।

कोभेन्ट्री विश्वविद्यालय गुणस्तरीय शिक्षामा स्थापित नाम हो । उसको लामो अनुभव र स्रोत साधनको उपलब्धतालाई नेपाली विद्यार्थीलाई आफ्नै देशमा उपलब्ध गराउन पाउनुले नेपाली शिक्षाको विकासमा थप सहयोग गर्नेमा विश्वस्त हुन सकिने श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment