+
+
Shares

प्रहरीलाई चालक र सहचालकले १ हजार घुस अफर गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते ९:३४

२९ कात्तिक, काठमाडौं । सवारी चलाउँदा आफ्ना गल्ती ढाकछोप गर्न प्रहरीलाई घुस ‘अफर’ गर्ने आदत छ ? छ भने सावधान, घुस अस्वीकार गरेर प्रहरीले अब तपाईंलाई नियन्त्रणमा लिनसक्छ !

ट्राफिक प्रहरीले सवारीचालकसँग घुस आतंक मच्चाएको गुनासो बढिरहेका बेला बुधबार दिउँसो काठमाडौंको बानेश्वरबाट एक गाडीका चालक र सहचालकलाई प्रहरीले घुस अफर गरेको अभियोगमा नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुद्धनगरस्थित युएनपार्क नजिकबाट बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले चेकजाँचमा रहेको प्रहरीले कागजात माग गर्दा ग्राभेल बोकेको गाडीले १ हजार घुस अफर गरेपछि त्यसका चालक र सहचालकलाई गाडीसहित नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त, वानेश्वरमा राखिएको छ । प्रवक्ता बोगटीका अनुसार, उनीहरुमाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?