Comments Add Comment

सिस्नोः कसरी सेवन गर्दा स्वादिलो र स्वस्थ्यकर ?

सिस्नो, कमैको भान्सामा पाक्ने खान्की । हामीकहाँ सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने गरिन्छ । गरिब-दुःखीले ‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिइन्छ ।

कुनैबेला अभावमा छाक टार्ने सिस्नो अहिले पाँच तारे होटलको मेनुमा समावेश भएको छ । त्यतीमात्र होइन, यो झोलिलो खानेकुराले स्वाद र स्वास्थ्य दुबैलाई लोभ्याउँदैछ । गजब त के भने, सिस्नो हाम्रोे पाखापखेरुमा जताततै पाइन्छ । सस्तो अनि सुलभ । त्यसमाथि अहिले हामीले खाने खाना जसरी विषाक्त हुँदै गएको छ, सिस्नोमा त्यो भय छैन । किनभने सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न किटनाषकको प्रयोग गर्नुपर्छ, न कृतिम भण्डारणको खाँचो नै ।

पाँच तारे होटलको मेनुमा सिस्नो

नेपालको पाँच तारे होटेलको मेनुमा पनि सिस्नो निकै लोकपि्रय छ । यसलाई संसारकै अति स्वस्थ्यकर खानाको सुचीमा समेत राखिएको छ ।

देश वाहिर यसलाई सुप, तरकारी, चिया, जुस, औषधि आदिको रुपमा प्रयोग गरिन्छ । पात मात्र नभएर यसको जरासमेत उपयोगी छ । सिस्नो स्वादिष्ट त हुन्छ नै पोषणले पनि भरिपूर्ण हुन्न्छ । तर, हाम्रो गाउँघर, वनपाखामा सजिलै पाइने सिस्नुलाई भने हामीले हेला गरिरहेका छौं ।

कसरी खाने ?

– सामान्यतया सिस्तोलाई पखाली उम्लेको तातो पानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेष गरि यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेमा पकाइन्छ ।

– तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नु पकाइन्छ । यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन मरिच र क्रीम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ ।

– सिस्नुको चिया पनि त्यतिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ । यसलाई ग्रीन-टि कै तरिकाले सेवन गरिन्छ । र, यसलाई जुसको रुपमा पनि पिउन सकिन्छ ।

– सहजताका लागि अहिले सुपर मार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

– सिस्नोको फुलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।

औषधीय गुण

– सिस्नोले मुटु सम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।

– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।

– सीस्नो गर्भबती तथा सुत्केरी महिलालाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाईदाजनक मानिन्छ ।

– तपाईमा उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ ।

– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।

– सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मदत पुर्‍याउँछ ।

– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल र्झनबाट रोक्ने काम गर्छ ।

– सिस्नोले शरिरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाटसमेत रोक्ने काम गर्छ ।

– पिसावको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाईदाजनक हुन्छ ।

– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मदत पुर्‍याउने गर्छ ।

– शरिर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।

बहुउपयोगी सिस्नो

– सिस्नो जती काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ । यसलाई तारे होटेलदेखि विदेशमासमेत विक्री गर्न सकिन्छ ।

– औषधीको प्रयोजनका लागि सिस्नोको अत्याधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ ।

– यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ । गाई भैसीलाई सिस्नो खुवाउदा निरोगी हुनुको साथै दुध पनि बढी दिने गर्छ ।

– सिस्नोको फुल र जरा कुखुरालाई खुवाएर आण्डा उत्पादनलाई बढाउन सकिन्छ ।
– यसको जरा औषधीको रुपमा प्रयोग गरिन्छ ।

– सिस्नोबाट क्याल्सीयम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्वोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ ।

लेखक होटेल सोल्टी क्राउन प्लाजाका सेफ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment