Comments Add Comment

मोटोपन सम्बन्धी चार भ्रमः यसरी मोटोपन घट्दैन

मोटोपन कसरी घटाउने ?

जवाफ अनेकथरी पाइन्छ ।

एउटाले भन्छ, खाना कम गरौं ।

अर्कोले भन्छ, पसिना चुहेनीगरी व्यायाम गरौं ।

कोही ‘डाइडिङ गर्न’ सुझाउँछन्, कोही ‘जिम धाउन’ उक्साउँछन् । तर, नतिजा ?

जति छाक छाडेपनि, जति जिम धाएपनि ज्यान ज्यूँको त्यूँ । आखिर किन यस्तो हुन्छ ?

मोटोपन घटाउने एवं तौल कम गर्ने सन्दर्भमा यस्तै प्रकृतिका कैयौँ भ्रम छन् । बढेको तौललाई नियन्त्रण गर्ने चक्करमा हामीले अपनाएको कतिपय विधिले झन् तौल बढीरहेको पनि हुन सक्छ । डा. चारु दुआले मोटोपना घटाउने सन्दर्भमा प्रचलित केही भ्रमको चिरफार गरेकी छिन्

भ्रम नं. १

डाइटिङ गर्दा शरिरको अनावश्यक तौल सजिलै कम भएर जान्छ ।

यथार्थ 

तपाई केही दिनदेखि पर्याप्त खाना खानुभएको छैन वा भोकै बस्ने अभ्यास गरिरहनुभएको छ भने पक्कै पनि तिब्र गतिमा कम भएर जान्छ । तर, शरिरको अनावश्यक बोसो घट्नुको सट्टा शरिर नै कमजोर भएर जान्छ । यसको संकेत भनेको तपाईको कपाल र्झन शुरु गर्छ, अनुहारको चमक हराउँदै जान्छ ।

त्यसैले भोको पेट बस्नु वा फास्टिङ मोटोपना क मगर्नको स्थायी उपाय होइन । त्यसपछि तपाई जति जति खान शुरु गर्नुहुन्छ फेरि पहिलेकै अवस्थामा र्फकनुहुन्छ । केही समय भोकै बस्ने अभ्यास गरेर पछि नियमित खान शुरु गर्दा शरिरले झन छिटो अतिरिक्त बोसो निर्माण गर्न थाल्छ ।

यसको समाधान भनेको त दुई/तीन घण्टाको अवधिमा थोर-थोरै खाइरनु हो । यसो गर्दा शरिरमा मेटावोलिज्मको मात्रा सन्तुलित हुन्छ । यसका साथै तौल पनि नियन्त्रण हुँदै जाने गर्छ । यस्तो वानीले शरिरको पाचन क्षमता पनि बढेर जान्छ । यो सँगै तौल कम गर्नका लागि शरीरलाई पनि शक्रिय राख्न जरुरी हुन्छ ।

भ्रम नं. २ 

‘स्लिमिङ पिल्स’ खाएपछि तौल तिव्र गतिमाा घट्ने गर्छ ।

यथार्थ 

बजारमा विभिन्न प्रकारका डाइट पिल्स उपलब्ध छ । तर, यसका साइड इफेक्ट पनि उत्तिकै हुने गर्छन् । स्लिमिङ पिल्सको सेवन पनि मोटोपना घटाउनको स्थायी उपाय होइन । यस्तो औषधी स्वास्थ्यको लागि हानिकारक हुन्छ । तर, तौल कम गर्ने सबैभन्दा उत्तम विधि नै समयमा खाना खानु हो । खानाको साथमा नियमित व्यायाम र दिनचर्यालाई पनि व्यवस्थित पार्न जरुरी छ । र, सुत्ने र उठ्नेको पनि निश्चित समय हुन जरुरी छ ।

भ्रम नं. ३

जुन फुडको कभरमा लो फ्याट लेखिएको हुन्छ, त्यस्ता खाना स्वास्थ्यबर्द्धक हुन्छन् । यस्ता खानाले तौल कम गर्नको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यथार्थ 

प्रचलिनमा रहेका कैयौँ खानाको कभरमा लेखिएको हुन्छ, ‘लो फ्याट’ वा ‘जिरो फ्याट’ । तर, बोसो अर्थात फ्याटको मात्रा पढेर मात्र सेवन गर्नु राम्रो होइन । कभरमा लो फ्याट लेखिएको कैयौँ खानामा चिनिको मात्रा अत्याधिक हुन गर्छ ।

फ्रोजन या प्याकेजिङ गरिएको खानाभन्दा ताजा खानालाई प्रथामिकता दिनु स्वास्थ्यको लागि राम्रो हुन्छ । त्यसको लागि तजा तरकारी, फल-फुल, फ्रेस जुस प्रयोग गर्नुपर्छ । यस्ता खाना स्वास्थ्यका लागि वरदान सावित हुन्छ । स्वास्थ शरिरको लागि सबै प्रकारका खाना जरुरी हुन्छ । तर, सन्तुलित र सिमित मात्रामा ।

भ्रम नं. ४ 

तौल कम गर्न चाहनुहुन्छ भने जंक फुड त्यागौं

यथार्थ 

वर्गर र पिज्जाले धेरैको मुख मिठाउने गर्छ । तर, खानै हुँदैन भन्ने भ्रम पालेर अफैलाई सजायँ भने नदिदा हुन्छ । कहिलेकाँही खाने पिज्जा वर्गरले तपाईको तौल बढाउँदैन । तर, यसलाई जीवनशैली भने बनाउनु हुँदैन । एक अध्ययनले भनेको छ की जसले पिज्जा या वर्गर खान चाहन्छ र मोटो हुने डरले खादैन उसैले केही समयपछि त्योभन्दा बढी क्वालोरीयुक्त खानाको सेवन गर्छ ।

हप्ता वा १० दिनमा सानो खाने पिज्जा वा बर्गरको सानो स्लाइसले तपाईको तौल बढ्दैन । जंक फुडको नियमित सेवनले भने स्वास्थ्यमा क्षति पुर्‍याउँछ । तर, सबैभन्दा पहिला तौल बढी भयो या मोटोपना छ भन्ने स्ट्रेस दिमागबाट हटाउनुपर्छ । किनकी स्ट्रेसमा मानिसले बढी खाने गर्छ र तौल बढ्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment