Comments Add Comment

लघुवित्तलाई बाइपास गर्दै बैंक-वित्तको नयाँ संगठन !

२९ कात्तिक, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई वाइपास गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले नया्र संगठन निर्माण गर्न छलफल शुरु भएको छ ।

सबैको उद्देश्य समान भएको र कानून तथा नियामकीय निर्देशन समेत एकै प्रकारका हुने भएकाले ३ संघहरुको बलियो संगठन बनाउन लागिएको बताइएको छ ।

यि ३ प्रकारका जस्तै कारोबार गर्ने ‘घ’ वर्गका लघुवित्त कम्पनीहरुलाई भने बाइपास गरेर नया्र संगठन निर्माण गर्ने रणनीति बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले तयार पारेका हुन् ।

हाल ‘क’ वर्गका वाणिज्य बैंकहरुको नेपाल बैंकर एशोसिएसन, ‘ख’ वर्गका विकास बैंकहरुको डेभलपमेन्ट बैंकर एशोसिइसन र ग वर्गका फाइनान्स कम्पनीहरुको वित्त कम्पनी संघ गरी ३ वटा छुट्टाछुट्टै संघहरु छन् ।

‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा काम गर्दै आएका लघुवित्तहरुको भने माइक्रोफाइनान्स बैंकर एशोसिएसन छ ।

नेपाल राष्ट्र बैंकले नियमन गर्ने यि ४ प्रकारका बैंक तथा वित्तीय संस्थाहरु मध्ये लघुवित्तलाई एक्लाएर ३ प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले एउटै नया्र संगठन निर्माण गर्ने रणनीति बनाएका हुन् । बैंकर संघका अध्यक्ष ढुंगानाले अहिले छलफल शुरुमात्रै भएको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘एउटै नीति-नियम, एउटै कानूनबाट चल्ने भएकाले एउटै बनाउदा हुन्छ कि भन्ने छलफल शुरु भएको हो । तर हुने नै भन्ने निर्णय भने भइसकेको छैन ।’

लघुवित्तहरुलाई एक्लाउने विषयमा भने उनले क, ख र ग वर्गका सबै कुराहरु मिल्ने भए पनि लघुवित्तहरुस्रग धेरै नमिलने भएका कारण समावेश गर्न अलि नमिल्ने बताए ।

राष्ट्र बैंकबाट नै नियमन हुने भए पनि लघुवित्तलाई दिइने निर्देशन नै फरक हुने भएकाले क, ख र ग वर्गहरुको मात्रै संगठन बनाउन छलफल शुरु भएको अध्यक्ष ढुंगानाले बताए ।

माइक्रोफाइनान्स बैंकर एशोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रकाशराज शर्माले माइक्रोफाइनान्सहरु क, ख र ग वर्गमा विलय हु्रदा धेरै घाटा हुने बताए ।

लक्ष्मी लुघुवित्तका सीईओ समेत रहेका शर्माले भने, ‘हामी उनीहरुको संगठनमा गयौ भने हराउ्रछौ, त्यहा्र गएर विलय हुनु भन्दा अहिले जे छ त्यहि नै ठीक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment