Comments Add Comment

हेमराजको फिल्ममा प्रदिप र साम्राज्ञीको जोडी ?

यूवा स्टार प्रदिप खड्का र चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै पर्दामा हेर्न चाहने दर्शकको इच्छा कहिले पुरा होला ? नेपाली मिडियामा यी दुइले चलचित्र खेल्न लागेको खबर सार्वजनिक भएको धेरै भैसक्यो । चलचित्र ‘भैरवी’मा नै यी दुइले काम गर्न लागेको खबर बाहिरिएको थियो । तर, यो चलचित्र प्रदिपले साइन गरेपनि साम्राज्ञीले भने साइन गरिनन् ।

यसपछि ‘छक्का पन्जा २’बाट गरिएको अफरलाई यी दुबैले स्विकार गरेनन् । यहाँ पनि उनीहरुले सँगै काम गर्ने संभावना ट¥यो । यही विचमा, निर्देशक हेमराज वीसीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा यी दुई फाइनल भएको खबर सार्वजनिक भैरहेको छ ।

हेमराज वीसी ‘ब्रेकअप’ रिलिजपछि नयाँ चलचित्र निर्देशन गर्दैछन् । लभ स्टोरी चलचित्र निर्देशनमा हेमराज सफल पनि मानिन्छन् । उनै, हेमराजको चलचित्रमा नायक प्रदिप खड्का भने फाइनल भैसकेका छन् । अब, कुरा नायिका साम्राज्ञी राज्यलक्ष्मीमा गएर अड्किएको छ । साम्राज्ञी यो चलचित्रमा फाइनल भैसकेको खबर सार्वजनिक भएपनि अहिलेसम्म उनले यो चलचित्र साइन गरेकी छैनन् ।

वुझिएअनुसार, साम्राज्ञी र यसको निर्माणपक्षविच पारिश्रमिकमा नै कुरा मिलेको छैन । तर, साम्राज्ञी यो चलचित्र गर्ने मुडमा छिन् । यसैले, करिब एक सातापछि हुने छलफलमा साम्राज्ञीले हेमराजको चलचित्रका लागि पक्का गर्ने संभावना बलियो छ । यस्तो भएको अवस्थामा, दर्शकले रुचाएका दुई कलाकारलाई एकसाथ पर्दामा हेर्न पाइनेछ । साम्राज्ञी र प्रदिपलाई चलचित्रमा लिदा त्यसले इनिसियल व्यापारमा पक्कै पनि धेरै फरक पार्नेछ ।

साम्राज्ञी र प्रदिपले केही समय अघि मात्र डिस होमको विज्ञापनमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment