+

ईपीएलले पायो आईसीसी मान्यता

२०७५ कात्तिक  २९ गते १५:०९ २०७५ कात्तिक २९ गते १५:०९
ईपीएलले पायो आईसीसी मान्यता

२९ कात्तिक, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटले २०१८ को नयाँ सिजनको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता पाएको छ ।

आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको हो । सबै कर तिर्दा र डलरको मूल्य बढेकाले २७ लाख ५० हजार रुपैयाँ बुझाउनु परेको आयोजकले जनाएका छन् ।

उक्त रकम नेपाली क्रिकेटकै विकासमा प्रयोग हुने आईसीसीलाई उधृत गर्दै ईपीएल प्रबन्ध निर्देशक आमिर अख्तरले जनाएका छन् ।

नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले मान्यताका लागि आईसीसीसम्म पुग्नुपरेको हो । इपीएलले मान्यता पाएको सबै आईसीसी सदस्य राष्ट्रमा आईसीसीले नै जानकारी गराउने छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय