+

कमजोर टिमसँग पराजित हुँदा खेल्नै छाड्दिउँ जस्तो लाग्छः नवयुग श्रेष्ठ

२०७५ कात्तिक  ३० गते ११:३३ २०७५ कात्तिक ३० गते ११:३३
कमजोर टिमसँग पराजित हुँदा खेल्नै छाड्दिउँ जस्तो लाग्छः नवयुग श्रेष्ठ

३० कात्तिक, झापा । ‘एउटा गेम हार्दा कस्तो फिल हुन्छ ?’

झापाका जुनियर फुटबलर अभिषेक श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई सोधे ।ङ

उनको प्रश्न पूरा हुन नपाउँदै नवयुगले जवाफ फर्काइहाले, ‘कहिले काहीँ कमजोर ठानिएको टिमसँग पनि पराजय भोग्नुपर्छ । अपेक्षा अनुसारको रिजल्ट नआउँदा खल्लो महसुस त स्वभाविक रुपमा हुने भइ नै हाल्यो । खेल्न छोड्दिउँ जस्तो पनि लाग्छ ।’

उनले अगाडि थपे, ‘कतिपयले त खेल्न छोड्छन् पनि । तर, खेलमा हार जित त स्वभाविक नै हो ।’

अभिषेक जस्तै अन्र्तराष्ट्रिय पदक विजेता खेलाडीसँग झापाको काँकरभिट्टामा भएको अन्तर संवादमा नवयुग खुलेरै प्रस्तुत भए । उनले सहभागी खेलाडीहरुलाई हौस्याउँदै एउटा खेल हार्दैमा निराश बन्नु नहुने सुझाए ।

निरन्तरको अभ्यास र संघर्षबाट सफलता प्राप्त हुने भन्दै श्रेष्ठले हारको कारण पत्ता लगाएर मेहनतका साथ अर्को गेमको तयारीमा जुट्न आफ्ना फ्यान सल्लाह दिए ।

एक दिवशिय अन्र्तक्रियाका क्रममा नवयुगले झैं नेपाली महिला राष्ट्रिय टोलीबाट खेल्दै आएकी रौतहटकी अनु लामाले पनि सहभागी समक्ष आफ्ना संघर्षका कथाहरु सुनाइन् ।

‘केटी किन आको ? केटीले खेलेर के हुन्छ ?’ एक सहभागीले उनलाई सोधिहाले ।

जवाफमा अनुले भनिन्, ‘मेरो फुटबल करियरमा अहिलेसम्म यस्तो प्रश्न कसैले पनि गरेनन् । नेपालमा सर्वाधिक खेलिने र रुचाइएको खेल पनि हो फुटबल । त्यसैले होला सायद बच्चैदेखि मलाई रुची भो । त्यो बेला त यस्तो प्रश्न आएन । अब त झन् के आउला र ?’

अन्र्तक्रियाको मुख्य आकर्षणका रुपमा रहेका नवयुग र अनुलाई सहभागी जुनियर खेलाडीहरुले करियरको अब्जेक्सनलाई कसरी फेस गर्नुभयो ? तपाईंको रोल मोडल को हो ? बेस्ट स्ट्राइकर बन्न के गर्नुपर्छ ? पेनाल्टी मिस गर्दाको फिलिङ्स ? लगायतका प्रश्न गरेका थिए ।

अन्र्तराष्ट्रिय पदक प्राप्त खेलाडीहरु इलामका नवयुग र अनुसंग जुनियर खेलाडीहरुको साक्षात्कार गर्ने अवसर युवा तथा खेलकुद मन्त्रालयले जुराएको हो । जिल्ला खेलकुद विकास समिति झापाले संयोजन गरेको एक नम्बर प्रदेशस्तरीय अन्र्तक्रियामा पूर्वका ६ जिल्लाका जुनियर खेलाडी र अफिसियल गरी ४० जनाले भाग लिएका थिए ।

त्यसक्रममा झापासहित मोरङ्ग, सुनसरी, धनकुटा, इलाम र उदयपुरबाट भेला भएका खेलाडीहरुसँग नवयुग र अनुले फुटबल खेल जिवनका अनुभव अनुभूति साटासाट गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए ।

– विमर्श उप्रेतीबाट 

झापा नवयुग श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय