Comments Add Comment

सिक्स प्याक एब्स चाहियो ? यस्तो बनाउनुस डाइट प्लान

आजकालका युवाहरुमा ‘सिक्स प्याक एब्स’ को निकै क्रेज छ । सिनेमाको पर्दामा देखिने हिरोको जस्तै सुगठित शरीर बनाउन चाहन्छन् उनीहरु । सिक्स प्याक भएका युवाहरु देख्दा युवतीहरु पनि भुतुक्कै हुन्छन् ।

तर, यो सजिलो काम भने होइन । यसका लागि निकै ठूलो मिहिनेत, जाँगर र धैर्यता चाहिन्छ । खानपानमा उच्च सतर्कता र कडा ब्यायाम सिक्स प्याकका लागि अत्यावश्यक दुई कुरा हुन् । खानामा कार्बोहाइड्रेट र फ्याटको मात्रा घटाएर प्रोटिनको मात्रा बढाउनुपर्छ ताकि मांसपेशीहरु कसिलो र मजबुत होउन् । त्यस्तै ट्रेनरको रेखदेखमा नियमित एक्सरसाइज गर्नुपर्ने आवश्यकता हुन्छ ।

लाग्छ समय

यदि तपाईं आफ्नो शरीर सुगठित र आकर्षक बनाउन चाहनुहुन्छ भने पहिले त यसका लागि पर्याप्त समय छुट्याउनुपर्छ । फिटनेस ट्रेनरका अनुसार सिक्स प्याक बनाउनभन्दा पहिले शरीरमा कति बोसो जम्मा भएको छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

यदि शरीर धेरै मोटो छ भने पहिले त्यसलाई घटाउनको लािग केही खास किसिमको एक्सरसाइज गर्नुपर्छ । यसमा स्विमिङ, साइक्लिङ, जगिङ आदि पर्छन् । यस बाहेक मर्निङवाक पनि धेरै जरुरी छ । साथै डाइटमा पनि ध्यान दिनुपर्छ ।

सिक्स प्याक एब्स बनाउनको लागि जिम ट्रेनरले कैयौं प्रकारका डाइट सम्पिलमेन्ट्स दिन्छन् । जसमा सेन्थेटिक पोषक तत्व रहन्छ । यो तत्वले शरीरलाई नोक्सान पुर्याउन सक्छ । आमरुपमा लिइने सप्लिमेन्ट्समा क्रिएटिन, प्रोटिन, स्टिरायड आदी हार्मोन हुन्छन् ।

फ्याट कम गर्ने भनेर कतिले फ्याटयुक्त चीज छुनै छोड्छन् । यो पनि ठिक होइन । यसले उल्टो बेफाइदा हुन सक्छ । फ्याटको कमीले शरीरका अन्य महत्वपूर्ण अंगमा नराम्रो असर पर्छ । यसैले शरीरलाई फ्याटको केही मात्रा आवश्यक पर्छ ।

अपनाउनुहोस् यस्तो डाइटप्लान

– सिक्स प्याक एब्सको लागि फाइबरयुक्त भोजन लिन आवश्यक छ । यसले शरीरको विकास हुन्छ । प्रोटिनको सही मात्रा कायम राख्नको लागि मौसमी फलको सेवन लाभदायक हुन्छ ।

– बिहानको नास्ता अति आवश्यक छ । नास्ता हेभी र लञ्च हल्का लिनुहोस् । डिनर झनै लञ्चभन्दा पनि हल्का लिनुहोस् । भोजनको चार्ट बनाउनुहोस्, यो तपाईंको स्वास्थ्यको लागि आवश्यक छ ।

– दिनभरमा कम्तीमा पनि १० गिलास पानी पिउनुहोस् । पानीले हाम्रो शरीरलाई स्वस्थ राख्छ । किनभने धेरै एक्सरसाइज गर्नाले डिहाइड्रेसनको खतरा हुन्छ । यसबाट बच्नको लागि आफ्नो तौलको हिसाबले पर्याप्त पानी पिउनुपर्छ ।

– हरियो सागसब्जीहरुको अत्यधिक सेवन गर्नुहोस् । यसले शरीरलाई उर्जा दिनुको साथै तपाईंलाई प|mेस राख्छ । प्रोटिन डाइटमा अण्डा, पनिर, दूध, माछामासु, दही आदि लिनुहोस् ।

-धुम्रपान र मद्यपान बिल्कुल नगर्नुहोस् । यसले तपाईंको शरीरलाई हानी गर्छ ।

-भोजन नियमित मात्रामा मात्रै लिनुहोस् । सन्तुलित आहारले नै शरीरलाई रोगमुक्त राख्छ । एक सीमामा रहेर मात्रै जिममा वर्कआउट गर्नुहोस् । यस्ता कुनै पनि औषधिको सेवन नगर्नुहोस् जसले शरीरलाई नोक्सान पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment