Comments Add Comment

प्रधानमन्त्री ओली जंगबहादुर बन्न खोजे : कांग्रेस नेता केसी

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले प्रधानमन्त्रीमा शक्तिको उन्माद देखिएको र जंगबहादुर बन्न बन्ने तिब्र आकांक्षा देखिएको बताएका हुन् । ‘प्रधानमन्त्रीले काम भन्दा बढी कुरा गर्नुभयो । उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ । उहाँमा सत्ता र शक्तिको उन्माद देखियो । प्रधानमन्त्रीमा समग्र रुपमा जंगबहादुर बन्ने आकांक्षा तिव्र रुपमा विकसित भएको छ’ उनले भने ।

सरकारको ९ महिनासम्मको मूल्यांकन गर्दा असफलतातर्फ उन्मुख देखिएको केसीको भनाइ छ । ‘समग्र रुपमा यो सरकार असफलतातर्फ उन्मुख छ । निर्वाचनको बेला जनतामा झुटको पुलिन्दा बाँड्यो । तर, अहिले काम गर्न सकेको छैन । अहिले सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तिबाट अभिप्रेरित छ’ उनले भने ।

केसीले सुन तस्करी प्रकरणमा जुनसुकै पार्टीका मान्छे भए पनि जरैकिला उखल्ने गरी काम गर्न वर्तमान सरकारलाई केले रोक्यो भनेर प्रश्न गरे । त्यस्तै सरकारले सिण्डिकेटको अन्त्य गरेको भनेपनि अहिलेसम्म सिण्डिकेट नतोडिएको उनको आरोप छ । उनले भने,‘सरकारले जुनतारा झार्ने कुरा गर्छ । तर, काम भने शून्य छ ।’

पञ्चायतमा जस्तो अहिले नागरिकलाई सूचनाको हकबाट बञ्चित गराउने गरी मन्त्रिपरिषद बैठकका निर्णयहरु लुकाउने काम यो सरकारले गरेको भन्दै केसीले आपत्ति जनाए ।

फरक प्रसँगमा उनले पार्टीको विधानबारे गम्भीर छलफल हुने जनाए । मस्यौदा समितिले विधान अहिलेसम्म केन्द्रीय कार्य समितिमा पेश गर्न नसकेको पनि उनले सुनाए । उनले भने, ‘विधानका सम्बन्धमा सबैका आ–आफ्ना धारणाहरु हुन्छन् । तर, हामी अन्तिम निश्कर्षमा पुर्‍याउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment