Comments Add Comment

काठमाडौं महानगरका भित्री सडकमा इँटा र ढुङ्गा छापिने

३० कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा इँटा र ढुङ्गा छाप्ने कार्यलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

भित्री शहरमा सवारीको चाप अत्यधिक भएको स्थानबाहेक अन्यत्र कालोपत्रे नगरिने महानगरपालिकाका पुरातत्व महाशाखाका प्रमुख इञ्जिनियर राम थापाले बताए । उनका अनुसार विश्व सम्पदा क्षेत्र आसपासका सडकमा मौलिक स्वरुपमा जोड दिइएको हो । उनले भने, ‘असन, इन्द्रचोकका भित्री सडकमा ढुङ्गा र इँटा छापिएको हो ।’

पर्यटकको आगमन बढी भएका स्थानका सडकलाई मौलिक स्वरुपमा निर्माण गर्न लागिको महानगरपालिकाले जनाएको छ । सम्पदा क्षेत्रका भौतिक पूर्वाधारमा सकेसम्म मौलिकता कायम गर्ने काम भइरहेको छ । इञ्जिनियर थापाले भने, ‘सम्पदा क्षेत्रमा मौलिकता कायम गर्दा पर्यटकका लागि आकर्षित हुनेछ ।’

कामपाले चालू आव २०७५/७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा चार अर्ब छ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । कामपाभित्र करिब एक हजार ४५० किमी पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मत सम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किमी छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment