+
+
Shares

नेविसंघको विधान टुङ्ग्याउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते ९:१७

१ मंसिर, काठमाडौं । शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात भोलि आइतबार सकिदैछ । यसअघि, दुईवर्षे कार्यकालका लागि संघको ११ औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।

शनिबारको बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ ।

एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ । नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको थियो । तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थपिदिएको छ । उक्त म्याद यही मंसिर २ गते सकिँदै छ ।

केन्द्रीय समिति बैठकमा महासमिति लगायतका समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?