Comments Add Comment

स्ववियु चुनावसम्म नेविसंघको म्याद थप्ने प्रस्ताव

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले नेपाल विद्यार्थी संघ म्याद थप्ने प्रस्ताव गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसंख्यामा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेविसंघको म्याद थप्न प्रस्ताव गरेका हुन् । एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ ।

यसबारे औपचारिक निर्णय गर्न भोलि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

नेविसंघको वर्तमान कार्यसमिति म्याद थपकै पक्षमा छ । अध्यक्ष नैनसिंह महरसँग असन्तुष्ट महामन्त्री कुन्दनराज काफ्ले समूहले यसकै लागि लबिङ गर्दै आएको छ ।

अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला पनि कमिटी भंगको विपक्षमा रहेका नेताहरु बताउँछन् । तर, देउवा समूहमा रहेका एनपी साउदलगायतका नेता तथा पौडेल समूहमा रहेका केही नेताहरु भने म्याद थपको विपक्षमा देखिएका छन् ।

नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको हो ।

तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थप्यो । यो बीचमा ३२ वर्ष उमेर हद लगाउनेबारे कांग्रेसको शीर्ष तहमै विवाद देखियो र थपिएको तीन महिने समय खेल गयो । अब फागुनमा हुने स्ववियु चुनावलाई देखाएर कार्यसमितिको म्याद थप्ने तयारी भइरहेको छ । एक नेताले भने, ‘केही निर्देशनहरु दिएर म्याद थपिन्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment