Comments Add Comment

विराटनगरमा भरतमोहन अधिकारीको नागरिक अभिनन्दन

१ मंसिर, विराटनगर । नेकपाका नेता एव पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।

८२ बर्षीय अधिकारीलाई जेष्ठ नागरिक सम्मानसहित नागरिक अभिनन्दन गरिएको हो ।

भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रमुख डां गोविन्द सुब्बाले विषेश कदर पत्र, मुख्यमन्त्री शेरधन राईले टोपी र दौसल्ला ओढाएर अधिकारीलाई सम्मान गरेका थिए ।

प्रदेश प्रमुख डा. सुब्बाले नेपाली राजनितिप्रति प्रतिवद्ध र इमान्दार छवि बनाउन सफल कर्मठ व्यक्ति भएको भन्दै अधिकारीको प्रशंसा गरेका छन् ।

मुख्यमन्त्री शेरधान राईले अधिकारी आफनो राजनीतिक जीवनको प्रेरणको स्रोत भएको बताए । ०६२/०६३ को जनआन्दोलन, संविधान लेखन लगायतमा अधिकारीको योगदानलाई मुलुकले भुल्न नसक्ने उनले बताए ।

अभिन्दित अधिकारीले धेरै कारणले विराटनगरको आफनै गरिमामय इतिहास रहेको भन्दै विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी बनाउन माग राखे । उनले भने ‘मेरो योगदानलाई कद गर्दै मलाई सम्मान गर्नु भयो । म ज्यादै खुसी भए । म तापाईहरुलाई के अनुरोध गर्न चाहन्छु भने प्रदेश एकको अस्थायी राजधानी विराटनगरलाई अब पूर्ण राजधानी बनाऊँ ।’

मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनुपर्ने भन्दै उनले अहिले सबै मिल्नुपर्ने बताए ।

२०४६ सालको राजनीतिक आन्दोलन अगाडिसम्म विराटनगरमा ल र्फम चलाएर बसेका अधिकारी आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा लागेका थिए ।

मनमोहन अधिकारी नेतृत्वमा बनेको नौ महिने सरकारमा अर्थमन्त्री रहेका अधिकारीलाई ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने कार्यको प्रारम्भ गराएको श्रेय पनि जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment