Comments Add Comment

सुखमय यौन–जीवनका लागि कसरी प्रयोग गर्ने अस्थायी साधन ?

यौन सम्बन्ध एक प्राकृतिक क्रिया हो । स्वभाविक पनि । दम्पतीबीच हुने यौन सम्बन्धले उनीहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउँछ । स्वास्थ्य विज्ञानले भन्छ, ‘हप्तामा तीन पटकसम्म यौन सम्बन्ध राख्नु फाइदाजनक हो ।’ फाइदा, स्वास्थ्यको हिसाबले । भावनात्मक हिसाबले ।

तर, यौन सम्बन्ध राख्ने क्रममा अनिच्छित गर्भ रहने भय हुन्छ । अनिच्छित गर्भ रहेपछि चक्की लिने, गर्भपतन गर्ने वा बच्चा जन्माउने विकल्प रहन्छ । सन्तानको रहर पुगिसकेको हकमा यी तीन विकल्प नै त्यती सहज हुँदैन । त्यसैले यो असहजता झेल्नुभन्दा गर्भनिरोधको उपाय अपनाउनु बढी प्रभावकारी हुन्छ । तर, कसरी ?

अस्थायी साधनको प्रयोग

हाम्रो समाज यौन स्वास्थ्यबारे त्यति खुल्न चाहादैन । जसका कारण विभिन्न जटिलताहरु उत्पन्न हुने गर्छन् । कतिपयले शारिरिक सम्पर्कका बेला गर्ने सामान्य गल्तीले पनि ठूला समस्या निम्त्याउन सक्छ । यौन रोगबाट बच्ने एउटा उपाय भनेको शारिरिक सम्पर्कका बेला प्रयोग गर्ने अस्थायी साधन पनि हो । यस्ता साधन महिला र पुरुष दुवैका लागि उपलब्ध छन् । यी हुन् केही गर्भनिरोधक अस्थायी साधनका प्रयोग विधि

तत्कालका लागि कन्डम (महिला-पुरुष)

– गर्भनिरोधका लागि पुरुष र महिला दुवैले कण्डमको प्रयोग गर्न सकिन्छ । प्रायलाई महिला महिला कण्डमबारे कमै जानकारी छ । शारिरिक सम्पर्कका क्रममा पुरुषले लिंग र महिलाले योनिमा लगाउने साधन हो, कण्डम ।

– महिलालाई कन्डम प्रयोग तुलनात्मक रूपमा असहज हुन सक्छ । यो महँगो पनि हुन्छ ।

– कण्डमको प्रयोगपूर्व यसको म्यादबारे राम्रोसँग ख्याल राख्न जरुरी हुन्छ । कन्डम च्यातिएको छ-छैन, लुबि्रकेन्ट पर्याप्त छ वा छैन भन्ने विषयमा पनि सचेत रहनुपर्छ ।

– कहिल्यै पनि कन्डमलाई दोहोर्‍याएर प्रयोग गर्नु हुँदैन । र, यसको प्रयोगपछि राम्रोसँग डिस्पोज गर्न पनि उत्तिकै आवश्यक छ ।
– कण्डमलाई हामीले गर्भनिरोधको साधनका रुपमा मात्र बुझ्छौँ । तर, यसले विभिन्न यौनरोगबाट पनि बचाउन मदत गर्छ ।

तीन महिनाका लागि संगिनी प्रिक्युसन

– पछिल्लो समय संगिनी सुई निकै चर्चामा छ । एक पटक यस्तो खोप लागाएपछि तीन महिनासम्म गर्भ रहँदैन । लामो समयसम्म यसको प्रयोग गर्दा भने स्वास्थ्यमा असर पर्न सक्छ । संगिनी सुई पाखुरा, मासु वा बटकमा लगाउने गरिन्छ ।

– महिनावारी भएको सात दिनभित्रमा यसको प्रयोग गर्नु उत्तम हुन्छ । आफु गर्भवति भए नभएको पूर्ण जाानकारीपछि मात्र यसको प्रयोग गर्नुपर्छ ।
– स्तनपान गराउने आमाले पनि प्रयोग गर्न मिल्छ । यसले आमाको दुध उत्पादनमासमेत फाइदा पुर्‍याउँने गर्छ ।

– अर्को संगीनिको प्रयोग अवधि सकिनुभन्दा एक वा दुई हप्ताअघि गर्दा राम्रो हुन्छ ।

– यसका केही समस्या पनि छन् । यसको प्रयोगपछि यौन अंगबाट रक्तश्राव हुन सक्छ । त्यस्तै, महिनावारीमा अनियमितता, तौल बढ्नेजस्ता समस्या भने देखिन सक्छ ।

तीन वर्षसम्मका लागि इम्प्लान्ट

– इम्प्लान्ट पनि महिलाले प्रयोग गर्ने अर्को अस्थायी साधन हो । एक पटक इम्प्लान्टको प्रयागपछि तीन वर्षसम्म गर्भ रहदैन ।

– यो एक प्रकारको रड हो र यसलाई माथिल्लो पाखुराको छालामुनि राख्ने गरिन्छ । यो प्रयोगको लागि स्वास्थ्यकर्मीको आवश्यकता पर्छ ।
– यसको सर्जिकल साइडमा इन्फेक्सन पनि हुन सक्छ । त्यसैले यसले एक-दुई हप्ता दुःख दिन सक्छ । यसको घाउलााई राम्रोसँग सुक्द दिनुपर्छ ।
– यसको प्रयोगपछि रक्तश्राव हुन सक्ने भएकाले यस विषयमा भने ध्यान दिनुपर्दछ ।

१२ वर्षसम्मका लागि आइयुसिडी (कपर-टी)

– कपर-टी महिलाको पाठेघरमा राखिने साधन हो । यो राख्नका लागि दक्ष स्वास्थ्यकर्मीको जरुरी हुन्छ । यसको प्रयोगपछि १२ वर्षसम्म गर्भ बस्दैन । यदि यो बीचमा गर्भ राख्ने चाहना भएको अवस्थामा झिक्न पनि सकिन्छ ।
– कहिलेकाँही यो खस्ने सम्भावना पनि हुन्छ । त्यसैले यसबारे सचेत रहनुपर्छ । यसको प्रयोगपछि रक्तश्राव भने हुन सक्छ ।
– कपर-टीको राम्रो पक्ष भनेको बच्चा जन्मेलगत्तै पनि प्रयोग गर्न सकिन्छ । तर, पेल्भिक इन्ˆलामेट्रीको डिजिजको समस्या हुनेले भने प्रयोग गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment