Comments Add Comment

सामूदायिक लघुवित्तको आईपीओ खुल्यो

२ मंसिर, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुला भएको छ ।

संथाले २ लाख ७३ हजार कित्ता आईपीओका लागि आज आइतबारदेखि आवेदन खुलाएको हो । गत वर्ष नै आईपीओ जारी गर्न लागेको यस लघुवित्त नेपाल राष्ट्र बैंकको काराबाहीमा परेको थियो ।

व्यापक अनियमितता भएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कारवाही गरेपछि गत वर्ष नै निष्कनुपर्ने आईपीओ यो वर्ष मात्रै आएको हो ।

आईपीओ छिटोमा मंसिर ५ र ढिलोमा पुस २ गतेसम्म बन्द हुने बताइएको छ ।  १२ हजार कित्ता (४ प्रतिशत) सेयर कर्मचारीलाई , १५ हजार कित्ता ५ प्रतिशत सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

बाँकी रहेको २ लाख ७३ हजार कित्ताको मात्रै आम सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment