Comments Add Comment

प्रियंका र आयुष्मान, ‘प्रेमदिवस’का ‘सपना र सागर’

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई एकसाथ पर्दामा राख्न निर्माताले तछाडमछाड गर्छन् या उनीहरुले नै बार्गेनिङ गर्छन्, त्यो उनीहरुले नै जान्ने कुरा हो । तर, अब लगातार यो जोडीको चलचित्र रिलिज हुँदैछ । जसमा ‘कथा काठमाण्डु र चंगाचेट’ रिलिज भैसकेका छन् ।

अहिले यो जोडी चलचित्र ‘प्रेमदिवस’को छायांकनमा व्यस्त छ । नेपालको पूर्वी भागका विभिन्न रमणिय स्थानमा यो चलचित्रको छायांकन भैरहेको छ । चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरिरहेका छन् । संजय न्यौपाने यो चलचित्रका निर्माता हुन् ।

चलचित्रको छायांकनको क्रममा नायिका कार्कीले आफू र आयुष्मानको लुक्स र पात्रको नाम सार्वजनिक गरिदिएकी छिन् । चलचित्रमा प्रियंका ‘सपना’को भूमिकामा देखिदैछिन् भने आयुष्मानलाई दर्शकले ‘सागर’को भूमिकामा देख्नेछन् । चलचित्रमा आयुष्मानले आफ्नो दाह्री र जुँगा समेत लामो पालेका छन् । चलचित्रलाई चैत्रको दोश्रो सातामा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । म्यूजिकल लभस्टोरी कथामा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment