Comments Add Comment

मोदीले ४ वर्षअघि दिएको चन्दन आजदेखि पशुपतिमा चढाइने

३ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।

२०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले २ हजार ५ सय किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गरेको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिमा वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ ।

पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई–अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले बताए । त्यसले नपुग्ने भएकाले महिनामा एक किलो मोदीले दिएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ ।

१२ किलो चन्दन पशुपतिनाथलाई वाषिर्क रुपमा थपिनेछ । वासुकीनाथलाई वाषिर्क छ किलो गरी ४१८ किलो चन्दन वर्षमा खर्च हुनेछ । यो चन्दन छ वर्षसम्मलाई पुग्ने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment